― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
HomeLatest newsसागर ढकाल – KhabarHost

सागर ढकाल – KhabarHost



१२ कात्तिक, काठमाडौं । राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको जेनजीको अगुवाहरूले बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको त्रिपक्षीय छलफलमा सहभागी भएर बाहिरिने क्रममा सागर ढकालले पनि राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको जानकारी दिए ।

‘जेनजीसँग सहमति पनि हुन बाँकी छ  । केही दिनमा राष्ट्रपतिसँग औपचारिक सम्झौता हुनुपर्‍यो । त्यसमा हामीले विभिन्न कुरा राखेका छौं संविधान सुधार लगायतका मागहरू,’ ढकालले पत्रकारहरूसँग भने ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा २७ भदौमा प्रतिनिधि सभाको विघटन भएको छ । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ मा तय भएको छ ।

यस सन्दर्भमा छलफल गर्ने गरी प्रधानमन्त्री कार्कीले बुधबार सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूको त्रिपक्षीय छलफल राखेकी हुन् ।

उक्त बैठकबाट बाहिरिने क्रममा ढकालले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको जानकारी दिएका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More