― Advertisement ―

HomeLatest newsसाउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा राजनले जिते रजत

साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा राजनले जिते रजत


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले पुरुष १०००० मिटर दौडमा रजत पदक जितेका छन्।
  • राजनले ३० मिनेट ३९:१५ सेकेण्डमा दूरी पूरा गरेका थिए भने भारतका अभिषेकले ३० मिनेट २९:४५ सेकेण्डमा स्वर्ण जितेका छन्।
  • नेपालले यस च्याम्पियनसिपमा दुई रजत र तीन कांस्य पदक सहित कुल पाँच पदक जितिसकेको छ।

९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले रजत पदक जितेका छन् ।

उनले पुरुष १०००० मिटर दौडमा रजत जितेका हुन् । राजनले निर्धारित दूरी ३० मिनेट ३९:१५ मिनेटमा पूरा गरे । यस स्पर्धामा भारतका अभिषेकले स्वर्ण जित्दा भारतकै प्रिन्स कुमारले कांस्य जिते । अभिषेकले ३० मिनेट २९:४५ सेकेण्डमा दूरी गरे । यस्तै प्रिन्स कुमारले ३१ मिनेट १७:३७ सेकेण्डमा दौड पूरा गरे ।

जारी च्याम्पियनसिपमा नेपालको यो दोस्रो रजत पदक हो । यसअघि सोम बहादुर कुमालले पुरुष ८०० मिटरमा रजत जितेका थिए । त्यसपघि पहिलो दिन नेपालले तीन कांस्य पदक जितिसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More