― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsसहसचिव लेखबहादुरले ‘पोलेपछि’ पक्राउ परे पूर्वसचिव अर्जुनबहादुर

सहसचिव लेखबहादुरले ‘पोलेपछि’ पक्राउ परे पूर्वसचिव अर्जुनबहादुर



३० कात्तिक, काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिजमा दिने निर्णयमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले ट्रष्टका तत्कालीन कार्यकारी सचिव कार्कीलाई पक्राउ गरेको हो । जग्गा लिजमा दिने निर्णय हुँदा सचिव कार्कीले आफूसँग भएको अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरेर आफू निर्णय प्रक्रियाबाट अलग भएका थिए ।

‘मूल निर्णयमा उहाँ (तत्कालिन सचिव कार्की) को संलग्नता देखिँदैन,’ सीआईबी सम्बद्ध स्रोतले भन्यो, ‘तर पक्राउ परेर थुनामा रहेका सहसचिव लेखबहादुर कार्कीले बयानका क्रममा मलाई सचिवले ठाडो निर्देशन र दबाब दिएपछि निर्णय गर्न बाध्य भएको हुँ भनेर बताउनुभयो । त्यसपछि पक्राउ गरेका हौं ।’

आफू फस्ने डरले आफूमा निहीत अधिकार सहसचिवमा प्रत्यायोजन गरेका सचिव अर्जुनबहादुर कार्कीले निर्णयमा भने सहसचिवलाई दबाब दिएका थिए ।

स्वार्थ समूहको काम गरिदिएपछि उनी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा सरुवा भएका थिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन समेत भइसकेका कार्की त्यहाँ रहदा ट्रान्सफर्मर खरिद विवादमा पनि मुछिएका थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु कयौं ट्रन्फर्मर खरिदको निर्णयमा अनुसन्धान गरेपनि अर्जुनबहादुर कार्कीको पालामा भएको निर्णयमाथि अनुसन्धान टुंगोमा पुर्‍याउन नसक्दा उन्मुक्ति पाएका थिए ।

२०७२ सालको भुकम्पको बेलामा कार्की शहरी विकास मन्त्रालयका सचिव थिए । भूकम्पको बेलामा त्रिपाल खरिद गर्दा अनियमिततामा मुछिएपनि अख्तियारले उनलाई मुद्दा चलाएको थिएन । त्रिपाल प्रकरणमा अख्तियारले उनीसँग बयान मात्रै लिएर मुद्दा नचलाई छाडेको थियो ।

‘अन्य कयौं प्रक्रियामा संलग्न’

सीआईबी सम्बद्ध स्रोतका अनुसार, दरबारमार्गस्थित नेपाल ट्रस्टको झण्डै दुई रोपनी जग्गा थमसेर्कुलाई दिने निर्णयमा मात्रै तत्कालीन सचिव अर्जुनबहादुर कार्की संलग्न नभएका हुन् । त्यो बाहेक अरु कयौं निर्णय र फाइल अघि बढाउने क्रममा कार्कीको हस्ताक्षर गरेको भेटिएको छ ।

सचिव कार्कीले आफैले गर्नुपर्ने सम्झौता सहसचिव लेखबहादुरलाई अधिकार प्रत्यायोजन गर्न मिल्ने अवस्था नै थिएन । किनभने ६ करोड रुपैयाँभन्दा बढीको ठेक्कामा सहसचिवले निर्णय गर्ने अधिकार राख्दैनथे । तर ट्रस्टका कर्मचारीहरूले त्यसलाई ठेक्का नभनेर लिजको अर्थ लगाई अधिकार दिएका थिए ।

सीआईबीका अनुसन्धान अधिकृतहरूको अनौपचारिक कुराकानीका क्रममा अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीले आफूलाई ‘बलिको बोको’ बनाइएको भनी निरीहता देखाएका थिए । सचिवले आफ्नो स्वार्थमा काम अघि बढाएको तर निर्णय नगरेमा ‘सरुवा गराइदिन्छु’ भनेर धम्क्याएकाले आफू बाध्य भएको भनी उनले बताएका थिए ।

राजप्रासाद सेवाबाट निजामती सेवामा समायोजन भएका सहसचिव लेखबहादुर कार्की ‘त्यसरी प्रयोग भएको’ केही महिनामै अवकाश लिएका थिए । तत्कालीन सचिव अर्जुन कार्कीले त्यतिबेला नै बोलपत्र मूल्यांकन समितीको सिफारिस अनुसार, ६ अर्ब ४५ करोड रुपैयाँकै अंकमा सम्झौता अघि बढाउन स्वीकृति दिएको निर्णय पनि भेटिएको छ ।

प्रहरीको सीआईबीले सचिव र सहसचिव दुवैजनामाथि ‘ठगी’ र ‘आपराधिक लाभ’ लिएको आरोपमा पक्राउ गरेको हो ।





Read More