― Advertisement ―

HomeLatest newsसलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट प्रशान्त तामाङको बलिउड डेब्यू

सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट प्रशान्त तामाङको बलिउड डेब्यू


राष्ट्रिय

समाचार.

  • गायक तथा अभिनेता प्रशान्त तामाङले सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका छन्।
  • फिल्म सन् २०२६ मा रिलिज हुने र १५ जेठ २०७७ मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपमा आधारित छ।
  • सलमान खानले फिल्ममा सैनिक अफिसरको भूमिका निर्वाह गरेका छन् र प्रशान्तले सेटबाट फोटोसहित ‘अब केही हुँदैछ’ लेखेका छन्।

काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’  बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् ।

तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ ।

‘अब केही हुँदैछ । म साँच्चिकै उत्साहित छु । धन्यवाद सलमान खान सर’ प्रशान्तले सेटका फोटोसहित यस्तो क्याप्सन लेखेका छन् ।

यो फिल्मलाई सन् २०२६ को प्रतीक्षित फिल्म बताइएको छ । जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा फिल्म आधारित छ ।

फिल्ममा सलमानले सैनिक अफिसरको रोल निर्वाह गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More