― Advertisement ―

HomeLatest newsसर्वोच्च अदालत मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालन हुने

सर्वोच्च अदालत मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालन हुने


राष्ट्रिय

समाचार.

  • सर्वोच्च अदालतले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने निर्णय गरेको छ।
  • सर्वोच्च अदालतको पूर्ण बैठकले भदौ २४ गतेको आगजनीबाट बचेका मुद्दाहरू नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरेको छ।
  • सेवा अवरुद्ध भएका मुद्दा, पुनरावेदनपत्र, निवेदन र दर्ता सबै प्रकारका मुद्दा मङ्सिर १ गतेदेखि सुनुवाइ गरिने अदालतले जनाएको छ।

२१ कात्तिक, काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,’ अदालतको सूचनामा भनिएको छ, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याएर सुनुवाइ गरिने व्यहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More