― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsसर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ- घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ- घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन



२५ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् ।

जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित दायर रिट निवेदनको जवाफमा तत्कालिन गृहमन्त्री लेखक २१ जनाको हताहती हुनेगरी भएको बल प्रयोगको जिम्मा लिन अस्विकार गरेका हुन् ।

‘गृहमन्त्रीमा बहाल रहँदासम्म पदिय हैसियतले जिम्मेवारी पूरा गर्दागर्दै विषम परिस्थिति सृजना भई हिंसात्मक गतिविधि सृजना हुन गएको’ लेखकले लिखित जवाफमा भनेका छन्, ‘त्यसमा मेरो कुनै भूमिका नभएकोले रिट निवेदन खारेज होस् ।’

जेनजी (युवा समूह)ले शान्तिपूर्ण हुने भनेको प्रदर्शनमा घुसपैठ भई बानेश्वरस्थित संसद् भवनमा उग्र, हिंसात्मक र विध्वंसात्मक प्रदर्शन भएको भन्दै उनले त्यसकै कारण दु:खदायी र अकल्पनीय घटना भएको जिकिर गरेका हुन् ।

२१ जनाको ज्यान जानेगरी भएको घटनाले आफूलाई अत्यन्त पीडाबोध भएको भन्दै तत्कालीन गृहमन्त्री लेखकले त्यही दिन नैतिकताको आधारमा आफूले राजीनामा दिएको दाबी गरेका छन् ।

राजीनाको दिएकाले भोलिपल्ट अर्थात् भदौ २४ गतेको घटनामा पनि आफूलाई प्रश्न गर्न नमिल्ने दाबी गरेका छन् । उनले लिखित जवाफमा भनेका छन्, ‘तत्कालीन गृहमन्त्रीबाट प्रधानमन्त्री समझ राजीनामा दिइसकेको हुँदा भाद्र २४ गतेको घटनाबारे मेलै पदीय जिम्मेवारी बोक्ने विषय नै भएन ।’

भदौ २२ गते बेलुकी आफूले केन्द्रीय सुरक्षा समितिको बैठक राखेको र त्यहाँ सुरक्षा निकायका प्रमुख एवं अरु अधिकारीहरूले समेत ‘प्रदर्शन शान्तीपूर्ण हुने विश्वास गरेको’ जिकिर गरेका छन् । त्यही बैठकमा उनले हताहती हुन नदिन, कम बल प्रयोग गर्न र शान्तिसुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको दाबी गरेका छन् ।

आफूमाथिको आरोपको प्रतिवाद गरेका उनले सुशीला कार्की कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटनको प्रश्नमा तटस्थ बस्ने नीति लिएका छन् । लिखित जवाफमा उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट संविधानको व्याख्या विश्लेषण गरी प्रतिनिधिसभा पुनर्स्थापना गरी हाल बहाल रहेको प्रधानमन्त्री सुशीला कार्कीलाई पदमुक्त गर्ने वा नगर्ने सम्बन्धमा अदालतबाटै निर्णय हुने नै हुँदा यस विषयमा मैले प्रतिवाद गरेको छैन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More