― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsसर्वसाधारणलाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, ८ लाखले सेयर पाउने

सर्वसाधारणलाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, ८ लाखले सेयर पाउने


राष्ट्रिय

समाचार.

  • सोलु हाइड्रोपावर कम्पनीले २९ पुसदेखि सर्वसाधारणका लागि ८२ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) खुलाएको छ।
  • कम्पनीले ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरी व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ र माघ ४ गतेसम्म मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ।

२९ पुस, काठमाडौं । आम सर्वसाधारणका लागि सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका तथा म्युचुअल फन्डलाई निष्कासन गरेपछि बाँकी रहेको ८२ लाख कित्ता सेयर आम सर्वसाधारणलाई आजदेखि खुलेको हो । यसर्थ यो कम्पनीको सेयर ८ लाख २० हजारलाई १० कित्ताका दरले बाँड्न पुग्नेछ ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माघ ४ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

कस्तो छ कम्पनी ?

यो कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ । रन अफ रिभर प्रकृतिको उत्पादनमा आधारित यस आयोजना ८२ मेगावाट क्षमताको छ । आयोजना सम्पन्न भएको कम्पनीले जनाएको छ ।

ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ । आयोजनाबाट व्यापारिक उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ छ । जगेडा कोषमा १ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि (अनुमानित) ६.७८ वर्ष रहेको छ । सेयर पूँजीबाट ८ अर्ब रुपैयाँ जुटाउने कम्पनीको हाल ऋण १० अर्ब ६० करोड रुपैयाँ छ ।

कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । यसले दायित्व बहनमा मध्यम स्तरलाई जनाउँछ । विद्युत् उत्पादन बहाल रहने अवधि वि.संं २१०६ चैत ४ रहेको छ ।

कम्पनीका ठूला संस्थापक सेयरधनीमा गोविन्दलाल सांघाई, रामचन्द्र सांघाई, विरेन्द्रकुमार सांघाई, आदित्य सांघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, सुभाषचन्द्र सांघाई, हर्षबर्दन सांघाई, निकुञ्ज अग्रवाल लगायत छन् ।





Read More