राष्ट्रिय
समाचार.
- सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ।
- टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ।
- कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले रास्वपा कार्यालयमा उपसभापति डीपी अर्यालसहित नेताहरूसँग संवाद गरेको छ।
९ पुस, काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा रास्वपाको कार्यालय भने जोगिएको थियो । अन्य सबै ठूला दलका कार्यालय भने ध्वस्त भएका छन् ।
यसअघि सरकारी टोलीले कांग्रेस, एमाले, नेकपासहितका दलको कार्यालय अनुगमन गरिसकेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली आज रास्वपा कार्यालय पुगेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झालगायत अन्य केन्द्रीय सदस्यसहितको उपस्थिति रहेको छ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

