― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsसरकारले जारी गर्‍यो भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड

सरकारले जारी गर्‍यो भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड



१४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ ।

यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

विभागका अनुसार १० माघ २०८० सालदेखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।

विभागले भनेको छ, ‘यो व्यवस्था आजैको मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ ।’

साथै सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न विभागले अनुरोध गरेको छ ।

उनका अनुसार, मापदण्ड कसिलो बनाएसँगै कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका थिए । साथै, विचौलियाहरूले कागजात मिलाउने नाममा धेरै असुली गर्न थालेको गुनासा बढेपछि मापदण्ड परिमार्जन गरिएको विभागले जनाएको छ ।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यवहोराको स्वघोषणा उल्लेख गरेको हुनुपर्ने छ ।

यसअघि जारी भएको ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण लगायतका कागजात पुर्‍याउनुपर्ने प्रावधान राखिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More