― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsसरकारको निष्कर्ष- राजदूतहरूलाई नैतिक र व्यावहारिक सहजता छैन, फर्किने विश्वास गरौं

सरकारको निष्कर्ष- राजदूतहरूलाई नैतिक र व्यावहारिक सहजता छैन, फर्किने विश्वास गरौं



१७ कात्तिक, काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने आफ्नो निर्णय लागू गराउनेगरी पुन: पत्राचार गरेको छ ।

हिजो (आइतबार) सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगर्नू भन्दै अल्पकालीन आदेश जारी गरेको थियो ।

गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको राजदूत फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।

तर, सोमबार परराष्ट्र मन्त्रालयले कात्तिक २० भित्रै फर्कनु भन्दै पुन: पत्राचार गरेको हो । परराष्ट्रको पत्राचारअघि प्रधानमन्त्रीसहित मन्त्रीहरूसमेतले यसबारे सोमबार छलफल गरेका छन् ।

स्रोतका अनुसार, सर्वोच्चको आदेशबारे प्रधानमन्त्री कार्कीले चासो राखेकी थिइन् ।

उनले सरकारको निर्णयपछि फर्कन तयार रहेका राजदूतहरू कुन वातावरणमा बसेर काम गर्न सक्छन् ? भनेर केही मन्त्रीहरूसँग सोधपुछ गरेकी थिइन् ।

अनलाइनखबरसँगको सम्पर्कमा आएका एक राजदूतका अनुसार, सरकारको निर्णपछि डेडलाइनभित्रै फर्किसक्नेगरी तयारी भएको थियो । निर्देशन अनुसार फर्कन तयार भएका राजदूतहरू आइतबार सर्वोच्चको आदेशपछि केहीबेर अलमलमा देखिएका थिए । उनीहरू नेपाल फर्कनका लागि तयार पारेको झोलीतुम्बा थन्क्याएर बसेका थिए ।

आज पुन: अर्को पत्राचार पाएपछि भने उनीहरूमा फेरि अलमल बढेको छ ।

यसैबीच सरकारले भने राजनीतिक, नैतिक र व्यवहारिक दृष्टिकोणबाट पनि राजदूतहरूलाई काम गर्न अप्ठेरो हुने निष्कर्ष निकालेको छ ।

‘राजदूतहरूले हाम्रो सरकारले फिर्ता बोलाइसक्यो । तपाईंहरूको देश छाडेर जाँदैछौं भनेर पत्र लेखिसक्नुभएको छ,’ सरकारको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘त्यो पत्र लेखिसकेको अवस्थामा यहीँ छु काम गर्छु भनेर अदालतले फर्कायो भनेर कसरी भन्न सक्नुहुन्छ ? राजनीतिक, नैतिक र व्यवहारिक दृष्टिकोणबाट पनि काम गर्न सक्नहुन्छ जस्तो लग्दैन । फर्केर आउनुहुन्छ भन्ने विश्वास गरौं ।’

स्रोतका अनुसार, प्रधानमन्त्री र मन्त्रीहरूबीच आदेश खारेजीको निवेदन (भ्याकेट) मिल्छ मिल्दैन भनेर पनि छलफल भएको छ ।

यसबारे प्रधानमन्त्री कार्कीले क्याबिनेट सदस्यहरूलाई पनि सोधेकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई भएको ब्रिफिङबारे स्रोतले भन्यो, ‘सामान्यतया: दुइतर्फी सुनुवाइ भएको अन्तरिम आदेशमा भ्याकेटको निवेदन दिन मिल्दैन । तर, परिस्थिति फरक छ भन्ने कुरा औचित्य दर्साउनेगरी भ्याकेटको निवेदन दिन पनि मिल्छ ।’

यसभन्दा अघिका फैसलाका नजिर र कार्यकारी अधिकारलाई लिएर पनि सरकार भ्याकेट लिएर सर्वोच्च जानसक्ने अवस्था छ ।

तर, उक्त विषय पूर्णतया : महान्यायाधिवक्ताको कार्यालयले गर्ने भएकाले उसलाई नै छाडिदिने प्रधानमन्त्रीसहित मन्त्रीहरूको निष्कर्ष निस्किएको स्रोतले बताएको छ ।





Read More