― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeजीवनशैली/स्वास्थ्यसम्बन्धहरूदेखि जेम्स बोन्डसम्म – KhabarHost

सम्बन्धहरूदेखि जेम्स बोन्डसम्म – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कबीर बेदीले पाँच दशकभन्दा बढी फिल्म क्षेत्रमा बिताएका छन् र बलिउड, अन्तर्राष्ट्रिय फिल्म तथा डिजिटल प्लेटफर्ममा सक्रिय छन्।
  • उनले आफ्नो किताब ‘स्टोरीज आई मस्ट टेल’ मा सम्बन्धहरूलाई ‘वन नाइट स्ट्यान्ड’ नभएको उल्लेख गरेका छन् र असल साथी बन्ने कुरा लेखेका छन्।
  • उनले इटालीको टिभी सिरिज ‘स्यान्डोकान’ र हलिउडको ‘अक्टोपसी’ मा अभिनय गरी अन्तर्राष्ट्रिय ख्याति पाएका छन्।

करियरको उत्कर्षमा हुँदा फिल्मी पत्रिकाका कभर र अखबारका पिन-अप पोस्टरहरू प्रायः उनको मनमोहक स्टाइलले भरिएका हुन्थे । चम्किला आँखा, मिलेको नाक, चौडा चिउँडो र बलियो काँध भएका यी अग्ला मान्छेको अनुहारमा खास दाह्री थियो । यी सबले मनमा गहिरो छाप छाड्ने अरू कोही नभएर कबीर बेदी हुन् ।

हिन्दी चलचित्र र विज्ञापनहरूमार्फत लाखौंको मन जितेका उनी एक समयमा भारतभन्दा युरोपमा बढी प्रख्यात थिए । त्यसको कारण बलिउडमा उनले गरेको अभिनय थियो ।

७९ वर्षमा हिँडिरहेका उनले फिल्म क्षेत्रमा पाँच दशकभन्दा बढी बिताएका छन् । यतिको लामो करियरमा पनि कबीर बेदी अझैं उस्तै देखिन्छन् । चाहे त्यो भारतीय टिभी होस् या अन्तर्राष्ट्रिय फिल्महरू अथवा डिजिटल प्लेटफर्महरू-उनी सधैँ नयाँ बाटोहरू खोज्छन् ।

जब उनी कुनै कार्यक्रमका लागि मञ्चमा चढ्छन्, दर्शक मन्त्रमुग्ध देखिन्छन् । त्यसले पनि उनको फ्यानबेस कति थियो, देखाउँछ । यस्तो वजन भएका उनको जीवनका उतार-चढाव, परिवार, विवाह र बच्चाहरूसँगको सम्बन्ध मिडियाका लागि सधैं खुराक हुने गर्छ । तर उनले कुनै पनि सम्बन्धहरूलाई ‘वन नाइट स्ट्यान्ड’ नमानेको बताउँछन्।

हुन पनि हो, उनको पहिलो विवाह ६ वर्ष टिक्यो । दोस्रो विवाह करिब १० वर्ष  अनि तेस्रो विवाह १५ वर्षको रह्यो ।

सम्बन्धहरूबारे उनले आफ्नो किताब ‘स्टोरीज आई मस्ट टेल’मा खुलेर लेखेका छन् । जहाँ उनले आफूलाई मानिसहरूसँग बस्न मन पराउने भनेर व्याख्या गरेका छन् । उनी कुनै अनुभव, कुनै नयाँ कुरा सधैँ यस्तो चाहन्छन् कि कोही होस्, जससँग उनी बाँड्न सकून् ।

‘मलाई आफ्नो वरपर कोही चाहिन्छ । मेरा जति पनि सम्बन्धहरू भए । ती सबै एक बिन्दुसम्म पुगे । र त्यसपछि पनि हामी असल साथी बन्यौँ’ उनले लेखेका छन् ।

अहिले एक वाक्यमा भन्दा कबीर बेदी एक ब्रोडकास्टर, विज्ञापन फिल्ममेकर, भ्वाइस ओभर आर्टिस्ट, अभिनेता र लेखक हुन् ।

उनी लाहोरमा जन्मेका थिए । उनी जन्मँदा त्यो ठाउँ ब्रिटिश भारतको हिस्सा थियो । उनका बुबा प्यारेलाल बेदी ट्रेड युनियन नेता, दार्शनिक र लेखक थिए । उनकी आमा फ्रेड बेदी ब्रिटिश महिला थिइन् । जो पछि बौद्ध भिक्षु बनिन् ।

यस्तो अनौठो परिवारमा जन्मे/हुर्केकाले हुन सक्छ, कबीर बेदीको विचार र जीवन विशिष्ट बन्यो । उनमा खुला र जिज्ञासु दृष्टिकोण विकसित भयो ।

उनको फिल्मी यात्रा भने सन् १९७० को दशकमा सुरु भएको थियो । अनि दमदार आवाज र व्यक्तित्वले उनलाई बलिउडमा चाँडै नै एउटा छुट्टै पहिचान दिलायो ।

‘खून भरी मांग’ (१९८८) र ‘मै हुँ ना’ (२००४) उनका सर्वकालीन हिट फिल्महरू हुन् । यी फिल्मले उनलाई भारतको घर-घरमा चिनाउन ठूलो भूमिका खेलेको छ । तर, उनले वास्तविक ख्याति भने इटालीको टिभी सिरिज ‘स्यान्डोकान’ (१९७६) मा पाइरेट (डाँकु) को भूमिकापछि पाएका थिए । त्यो पात्रले उनलाई त्यहाँको पनि सुपरस्टार बनाइदिएको थियो ।

त्यस्तै उनले हलिउड, त्यसमा पनि जेम्स बन्डको फिल्म ‘अक्टोपसी’ (१९८३) मा पनि अभिनय गर्ने अवसर पाए । त्यसपछि उनी अन्तर्राष्ट्रिय स्टार पनि बने । जुन एउटा ठूलो उपलब्धि थियो । किनकि त्यससमय भारतीय कलाकारहरू हलिउडमा त्यसरी चम्किनु सपनाजस्तै थियो ।

छोटोमा भन्दा उनले स्क्रिनभन्दा बाहिर पनि उत्तिकै प्रभाव पारे । रोमाञ्चक जीवन जिइरहे । आफूलाई भूगोल भित्रको कलाकारका रुपमा मात्र नराखी त्यसको दायरा फैलाए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More