― Advertisement ―

Heartstopper Forever सँग नयाँ Netflix चलचित्रमा एक शानदार अप्रत्याशित द ओडिसी इस्टर एग छ – र यो मात्र होइन कि तिनीहरू दुबैको रिलीज मिति...

Spoilers for Heartstopper Forever अगाडि। चलचित्र मन पराउने जो कोहीको लागि जुलाई १७ एक उत्कृष्ट दिन थियो। हामीले क्रिस्टोफर नोलानको महाकाव्य The Odyssey, तर Netflix...
HomeLatest newsसमृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउण्डको लगातार जित

समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउण्डको लगातार जित


राष्ट्रिय

समाचार.

  • ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले लगातार जित निकाल्दै समृद्धि खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि होडमा पुगेका छन्।
  • ग्राण्ड स्टार्सले जेभियर एकेडेमीलाई १०५-५ ले हराएको छ भने ट्रेनिङ ग्राउण्डले साइपाल एकेडेमीलाई ७८-४२ ले पराजित गरेको छ।
  • प्रतियोगिताको अन्तिम दिन मंगलबार ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डबीच लिगको अन्तिम खेल हुनेछ जसले विजेताको टुङ्गो लगाउनेछ।

२३ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले लगातार जित निकाल्दै समृद्धि खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि होडमा पुगेका छन् ।

आइतबार ग्राण्ड स्टार्सले लगातार पाँचौ र ट्रेनिङ ग्राउण्डले लगातार चौथो खेल जितेको हो । अब सोमबार हुने यी दुईबीचको लिगको अन्तिम खेलबाट विजेताको टुङ्गो लाग्नेछ । पहिलो खेलमै ट्रेनिङ ग्राउण्डलाई हराएकोले ग्राण्ड स्टार्सलाई एडभान्टेज छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पाँचौ दिन आइतबार ग्राण्ड स्टार्सले जेभियर एकेडेमीलाई १०५-५ को विशालअन्तरले पराजित गरेको हो ।

ग्राण्ड स्टार्सले पहिलो क्वाटरमा ३५ र दोस्रो क्वाटरमा २० अंक स्कोर गर्दा जेभियरले दुवै क्वाटरमा कुनै अंक जोड्न सकेन । ग्राण्ड स्टार्सले तेस्रो क्वाटर २४-३ र चौथो क्वाटर २६-२ ले आफ्नो पक्षमा पारेको थियो ।

ग्राण्ड स्टार्सकी सम्झना शाही प्लेअर अफ दि म्याच बनिन् । उनले १२ अंक जोडिन् । लगातार पाँच खेल जित्नै अपराजित रहेको ग्राण्ड स्टार्स उपाधि होडमा अघि छ ।

यस्तै आइतबारै भएको पहिलो खेलमा ट्रेनिङ ग्राउण्डले साइपाल एकेडेमीलाई ७८-४२ ले हरायो । ट्रेनिङ ग्राउण्डले सुरुवाती तीन क्वाटर २६-३, २०-८, २५-९ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटर भने साइपालले २२-७ ले आफ्नो पक्षमा पारेको थियो ।

खेलमा ट्रेनिङ ग्राउण्डकी सोनी वाइवा प्लेअर अफ दि म्याच घोषित भइन् । उनले १८ अंक स्कोर गरिन् ।

प्रतियोगिताको अन्तिम दिन मंगलबार सिनियरतर्फ अन्तिम दुई खेल हुनेछ । जसमा जेभियर र साइपालबीच पहिलो खेल हुनेछ भने लिगको अन्तिम खेल ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डबीच हुनेछ ।

यस्तै यू-१६ जुनियर अन्तर्गत मंगलबार दुई खेल हुनेछ । जसमा भ्याली पब्लिक स्कुल र बौद्ध इन्टरनेशनल तथा रिब्स र स्वार्निम स्कुलबीच खेल हुनेछ ।





Read More