― Advertisement ―

अमेजनको गुगल पिक्सेल बिक्रीले मूल्यमा एप्पल र सामसुङलाई उल्लेखनीय रूपमा कम गर्छ – अब किन्नको लागि समय हो

Amazon पक्कै पनि Google ले यो हप्ता पिक्सेल फोनको मूल्यमा कटौती गरेको छ, तर पुन: होस्ट गरिएको सूची हो। सामान्य छुट भन्दा माथि। वास्तवमा,...
HomeLatest newsसमानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने

समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने


मतपत्र लिँदै मतदाता । फाइल तस्वीर


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राख्ने व्यवस्था गरेको छ।
  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची आयोगमा पेश गरेका छन्।
  • समानुपातिकतर्फ १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची बुझाएका छन्।

१८ पुस, काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ ।

विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए ।

समानुपातिक तर्फको बन्दसूची बुझाउँदा यो संख्या घटेको छ । ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् ।

यसरी यसपटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More