― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsसभापतिको लागि ३ वटा फाराम वितरण – KhabarHost

सभापतिको लागि ३ वटा फाराम वितरण – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ।
  • विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाएपछि संस्थापन समूहले रोक्न छलफल डाकेको छ।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय समिति बैठक सानेपामा जारी छ।

२९ काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ ।

३० मध्ये ३ वटा सभापति पदको उम्मेदवारको लागि तय भएको फाराम रहेको छ । अहिले फाराम वितरणको काम भइरहेको र फाराम बुझ्ने काम ५ बजेपछि मात्रै हुनेछ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सभपाति शेरबहादुर देउवासहित संस्थापन समूहले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन् ।

विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न छलफल ‍डाकेको छ । छलफलमा पार्टी सभापित देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।

त्यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More