― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsसन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी हुन स्पेन प्रस्थान

सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी हुन स्पेन प्रस्थान


राष्ट्रिय

समाचार.

  • ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन स्पेन प्रस्थान गरेकी छिन्।
  • नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पूर्ण व्यवस्थापन गर्नेछ र प्रशिक्षक सन्तोष राईसहित टोली भ्यालेन्सिया पुगेका छन्।
  • नेपालगन्ज म्याराथनको सहज कोर्षलाई विश्वभरका धावकहरुले उत्कृष्ट समय निकाल्न प्राथमिकता दिने गरेको छ।

१७ मंसिर, काठमाडौं । ओलम्पियन तथा लामो दूरीकी कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेभलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो ।

संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ । धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो ।

नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पुर्ण व्यवस्थापन गर्नेछ । सन्तोषीसँगै नेपाल रन युकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन् । प्रशिक्षक राईसहित नेपाल रन युकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा भाग लिनेछन् । उनीहरु बेलायतबाटै भ्यालेन्सिया पुग्ने प्रशिक्षक राईले बताए ।

भ्यालेन्सिया जाने दुई सदस्यीय टोलीलाई धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । संस्थापक ठकुरी स्वयं पनि भियतनामको होचिमिन्हमा डिसेम्बर ४ र ५ मा हुने मास पार्टिसिपेसन वर्ल्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्यालेन्सिया प्रस्थान गर्नुपुर्व नेपाल रन युकेका संस्थापक राईले नेपालगन्ज म्याराथनको कोर्ष भ्यालेन्सिया भन्दा पनि सहज भएको बताउँदै व्यापक प्रचारप्रसारमा जोड दिन एम्सका सदभावना दुत समेत रहेको संस्थापक ठकुरीलाई सुझाए ।

भ्यालेन्सिया सहज कोर्षका कारण विश्वभरिका धावकहरुले आफ्नो व्यक्तिगत समय राम्रो निकाल्नका लागि पहिलो छनोटमा राख्ने गर्दछन् । नेपालमा पनि शीर्ष धावकहरुका लागि धारा नेपालगन्ज म्याराथनको कोर्ष निकै सहज मानिन्छ ।

यसवर्ष खडकबहादुर खड्काले २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै विजेता बने । उनी बैकुण्ठ मानन्धरको दक्षिण एशियाली रेकर्डमा पाँच सेकेन्डले मात्र चुके । खडकलाई समेत लन्डन म्याराथन लगायत वल्र्ड मेजर म्याराथनमा सहभागिताको पहल गरिने नेपाल रन युकेका संस्थापक राइले बताए ।

यसअघि नेपाल रन युकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वल्र्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो । नेपाल रन युकेले नेपालका शीर्ष खेलाडीका लागि अवसर प्रदान गर्नुका साथै खेलाडी उत्पादनका लागि मिरा राई इनिसियटिभ र विश्वकीर्तिमानी धावक हरि रोकायको जुम्लास्थित प्रशिक्षण केन्द्रका लागि पनि काम गरिरहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More