― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsसन्तानको सामीप्यता खोजिरहेका बाबुको दर्द – KhabarHost

सन्तानको सामीप्यता खोजिरहेका बाबुको दर्द – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ‘परान’को मर्मस्पर्शी ट्रेलर १४ कात्तिकदेखि प्रदर्शन तयारीमा सार्वजनिक गरिएको छ।
  • फिल्मले जीवनको उत्तरार्धमा बाबुको सन्तानको सामीप्यताको खोजी र उत्पन्न परिस्थितिलाई देखाएको छ।
  • अभिनेता नीर शाहको मुख्य भूमिका रहेको फिल्म दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्।

काठमाडौँ । १४ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।

बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षालाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई कथा बनाइएको छ ।

शीर्ष भूमिकामा अभिनेता नीर शाहले अभिनय गरेका छन् । छोराको भूमिकामा महेश त्रिपाठी र बुहारीको रोलमा अञ्जना बराइलीले अभिनय गरेका छन् ।

फिल्मलाई अभिनेता समेत रहेका दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । आचार्य टिभी श्रृंंखलाहरूमा काकु नामले परिचित छन् ।

पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । व्यवसायिक घराना गोल्छा र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती लगायतको अभिनय छ ।





Read More