― Advertisement ―

बहुविध उपकरणहरूले 2030 सम्ममा शक्तिशाली वितरित एआई क्षमता प्रदान गर्न सक्नेछन्

एआई TO01 द्वारा संयोजन गरिएको यन्त्र, ex01 द्वारा संयोजन गर्न सकिन्छ दशकको अन्त्यस्मार्टफोनहरू, पहिरन योग्यहरू, र इयरबडहरू मुख्य वितरित एआई प्रोसेसर बनिरहेका छन्औसत प्रयोगकर्ताहरूले...
HomeLatest newsसंघर्ष क्लब र फारवेस्ट पशुपति विजयी – KhabarHost

संघर्ष क्लब र फारवेस्ट पशुपति विजयी – KhabarHost


राष्ट्रिय

समाचार.

  • बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा संघर्ष क्लब गोदावरी र फारवेस्ट पशुपति युवा क्लब धनगढीले जित हात पारेका छन्।
  • संघर्ष क्लब गोदावरीले भजनी क्लबलाई १२–१ गोल अन्तरले पराजित गर्दै रोहित आउजीले पाँच गोल गरे भने राजेश नेपालीले ह्याट्रिक पूरा गरे।
  • फारवेस्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोर्ट्सलाई २–० ले हरायो र अमिर सिंह म्यान अफ द म्याच घोषित भए।

१९ पुस, कैलाली । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा संघर्ष क्लब गोदावरी र फारवेस्ट पशुपति युवा क्लब धनगढीले जित हात पारेका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा संघर्ष क्लब गोदावरीले भजनी क्लब भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्‍यो। संघर्ष क्लबका रोहित आउजीले पाँच गोल गर्दै म्यान अफ द म्याच बने भने राजेश नेपालीले ह्याट्रिक पूरा गरे।

कप्तान दीपक अधिकारी, मनोज बिसी, तिलक कडायत र सागर बिष्टले समान एक–एक गोल गरे। भजनी क्लबका लागि अंकित चौधरीले एक मात्र सान्त्वना गोल गरे।

त्यसैगरी दोस्रो खेलमा फारवेस्ट पशुपति युवा क्लब धनगढीले बर्दगोरिया स्पोर्ट्स एन्ड इभेन्ट्सलाई २–० ले हरायो। फारवेस्टका लागि प्रदीप बिष्टले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए भने कप्तान अमिर सिंहले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गरे। अमिर सिंह म्यान अफ द म्याच घोषित भए।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ।

साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More