― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsशुक्रबार यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना – KhabarHost

शुक्रबार यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना – KhabarHost



७ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार चार प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

बुधबार जारी मौसम बुलेटिनअनुसार शुक्रबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको छ । हिमपातको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको विभागले जानकारी दिएको छ ।





Read More