― Advertisement ―

सबै 28TB बाह्य हार्ड ड्राइभहरू कहाँ छन्? Seagate विस्तार ड्राइवहरू गायब

Seagate ले बजारमा सबैभन्दा ठूलो बाह्य हार्ड डिस्क ड्राइभ उत्पादन गर्छ, विस्तार वा STKP28000400, एउटा 28TB behemoth। तपाईं यसलाई किन्न सक्नुहुन्न, यद्यपि हाइपरस्केलर र...
HomeLatest newsशिभाली सेमिफाइनलमा पराजित – KhabarHost

शिभाली सेमिफाइनलमा पराजित – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली टेनिस खेलाडी शिभाली गुरुङले अष्ट्रेलियामा भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफीको सेमिफाइनलमा पराजित भइन् ।
  • शिभाली अष्ट्रेलियाकी मुसेम्मा सिलेकसँग सोझो सेटमा पराजित भएकी हुन् ।
  • प्रतियोगितामा एसिया-प्यासिफिक क्षेत्रका ८-८ खेलाडीले दुई समूहमा विभाजन भएर प्रतिस्पर्धा गरेका थिए।

१५ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छन् ।

अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा शिभाली घरेलु खेलाडी अष्ट्रेलियाकी मुसेम्मा सिलेकसँग सोजो सेटमा पराजित भइन् ।

मेलवर्न पार्क-वेस्ट कोर्ट १४ मा भएको खेलमा सिलेकले पहिलो सेट ६-१ ले सहजै आफ्नो पक्षमा पारेकी थिइन् । दोस्रो सेटमा शिभालीले टक्कर दिएपनि सिलेकले ६-४ ले आफ्नो पक्षमा पार्दै खेल जितेकी हुन् ।

अर्को सेमिफाइनलमा भारतीय खेलाडी जेन्सीले जापानी खेलाडी आयोइ योसिदालाई सोझो सेटमा हराएर फाइनल पुगेकी छिन् ।

त्यसअघि शिभालीले बिहीबार बिहान भएको ग्रुप ए को आफ्नो अन्तिम खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।

मेलवर्न पार्क-वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले जसलिनलाई ६-०, ६-१ ले सहजै पराजित गरेकी थिइन् ।

यसअघि ग्रुपको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन् ।

ग्रुप ए को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २-० को सेटमा पराजित भएकी थिइन् ।

एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गर्ल्स र ब्वाइज दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएर खेलाइएको थियो ।





Read More