― Advertisement ―

युक्रेनको सानो 25g ड्रोन एन्टेनाले रणभूमि प्रणालीहरूलाई धेरै रेडियो फ्रिक्वेन्सीहरूमा आश्चर्यजनक संचार बढावा दिन सक्छ।

नयाँ कम्प्लेक्सको लागि हामी पर्याप्त छौँ। प्लेटफार्महरूBlueBird Tech CLOVER ले ड्रोन, निगरानी उपकरण, र ग्राउन्ड रोबोटहरू सेवा गर्न सक्छएन्टेनाले आधुनिक FPV प्रणालीहरूद्वारा व्यापक रूपमा...
HomeLatest newsशान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोमा इन्सेकको चिन्ता

शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोमा इन्सेकको चिन्ता


राष्ट्रिय

समाचार.

  • इन्सेकले १० वर्ष लामो सशस्त्र द्वन्द्वको १९ वर्षपछि पनि द्वन्द्वपीडितका न्यायसम्बन्धी सवाल सम्बोधन हुन नसकेको चिन्ता व्यक्त गरेको छ।
  • इन्सेकका अध्यक्ष विजयराज गौतमले देशको राजनीतिक सङ्क्रमणका कारण न्याय प्रक्रिया कम प्राथिमकतामा पर्ने सम्भावना बढेको बताए।
  • इन्सेकले तयार गरेको तथ्याङ्क अनुसार हत्याका १३ हजार २४८ र बलपूर्वक बेपत्ता पारिएका ९३१ घटना अभिलेखित छन्।

५  मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा देशको राजनीतिक सङ्क्रमणका कारण यो विषय अझ कम प्राथिमकतामा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको उल्लेख छ ।

द्वन्द्वपीडितका सरोकार तथा उनीहरूमाथि भएको अन्यायको निरूपण, न्याय सुनिश्चितता, परिपूरण तथा संस्थागत सुधार गर्नेतर्फ ठोस प्रगति हुन नसकेको भन्दै समयमै टुङ्गो नलगाउँदा यो प्रक्रिया दिनप्रतिदिन गिजोलिँदै गएको उल्लेख गरेको छ ।

इन्सेकले तयार गरेको द्वन्द्वपीडित पाश्र्वचित्रमा हत्याका १३ हजार २४८ घटना र बलपूर्वक बेपत्ता पारिएका ९३१ घटना अभिलेखित छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयद्वारा प्रकाशित ‘नेपाल द्वन्द्व प्रतिवेदन २०१२’ मा सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार तथा मानवीय कानुन उल्लङ्घनका १० हजारभन्दा बढी घटना भएको उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More