― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsशान्तिश्री र हरिप्रसाद पौडेलको लोकदोहोरी ‘मलाई साइलुले’ सार्वजनिक

शान्तिश्री र हरिप्रसाद पौडेलको लोकदोहोरी ‘मलाई साइलुले’ सार्वजनिक


राष्ट्रिय

समाचार.

  • लोकदोहोरी गायक हरिप्रसाद पौडेलले शान्तिश्री परियारसँगको युगल गायनमा ‘मलाई साइलुले’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन्।
  • ‘मलाई साइलुले’ गीतमा शव्द र संगीत हरिप्रसाद पौडेलकै रहेको छ र भौलागिरी क्षेत्रमा बोलिने टिपिकल भाकाको प्रयोग गरिएको छ।
  • गीतको म्युजिक भिडियो प्रशान्त मगरले निर्देशन गरेका छन् र यो पौडेलको एक वर्षको अन्तरालमा दोस्रो लोकदोहोरी गीत हो।

२१ पुस, काठमाडौं । लोकदोहोरी गायक हरिप्रसाद पौडेलले एक वर्षको अन्तरालमा दोस्रो लोकदोहोरी गीत ल्याएका छन् । पौडेलले शान्तिश्री परियारसँगको युगल गायनमा ‘मलाई साइलुले’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ ।

‘मलाई साइलुले’ गीतमा शव्द र संगीत पनि हरिप्रसाद पौडेलकै रहेको छ । म्याग्दी घर भएका प्रखर प्रत्यक्ष दोहोरीगायक पौडेलले गीतमा भौलागिरी क्षेत्रमा बोलिने टिपिकल भाकाको प्रयोग गरेका छन् ।

कृष्णदत्त पौडेल र चन्द्रमणि शर्मा पौडेलले निर्माण गरेका गीतमा नारायण दंगालले एरेञ्ज गरेका हुन् भने गोपाल दंगालले रेकर्ड गरेका हुन् ।

म्युजिक प्लस एमएफ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको निर्देशन प्रशान्त मगरले तथा गरेका हुन्  भिडियो सम्पादन रोशन धितालले गरेका हुन् ।

एक वर्षको अन्तरालमा पौडेलको यो दोस्रो गीत सार्वजनिक भएको हो । यसअघि ‘कस्तो अभागी’ बोलको गीत सार्वजनिक भएको थियो ।

त्यसमा हरिप्रसाद पौडेलको शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज थियो भने हरिप्रसाद पौडेल र शारदा रसाइलीले स्वर दिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More