― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsशक्ति खोज्दै कमल थापाको राप्रपा पुनरागमन – KhabarHost

शक्ति खोज्दै कमल थापाको राप्रपा पुनरागमन – KhabarHost


राष्ट्रिय

समाचार.

  • कमल थापाले १६ पुसमा राप्रपा नेपाल छोडेर पुनः राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन्।
  • थापाले ९ पुसमा राजेन्द्र लिङ्देनसँग पार्टी एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
  • एकतापछि थापा राप्रपामा दोस्रो वरियताका नेता हुने व्यवस्था विधानमा रहेको छ।

१६ पुस, काठमाडौं । कमल थापा, केहीबेर अघिसम्म राप्रपा नेपालका अध्यक्ष । अब राप्रपाका दोस्रो वरियताका नेता ।

पञ्चायत र बहुदलकालमा मात्र होइन र गणतन्त्रमा समेत शक्तिको अभ्यास गर्न भ्याएका नेता हुन् थापा । पछिल्लो झन्डै चार वर्षदेखि शक्तिविहीन थिए । २५ फागुन २०७८ मा राप्रपा परित्याग गरेपछि थापालाई प्रभावशाली र विश्वासिला साथीले साथ छोडिसकेका थिए । उनीसँग राप्रपा नेपाल नामको पार्टी त थियो, सांगठनिक बल थिएन । शक्ति निरन्तर खिइँदै थियो ।

सधैं शक्तिमा रहन रुचाउने थापा निरन्तर क्षीण हुँदै गएको शक्ति पुन:आर्जन गर्ने उद्देश्यसहित बुधबार राप्रपा फर्किएका छन् । नि:शर्त पार्टी एकता भन्दै पार्टीमा पुनरागमन गरेका थापा शक्तिमा पुनरागमन गर्न भने सफल हुन्छन्, हुँदैनन् । यसै भन्न सकिँदैन । किनभने, जेनजी आन्दोलनयता मुलुक र राजनीति यसअघिजस्तो छैन ।

जेनजी आन्दोलनपछि पार्टीहरू टुटफुट र एकताको क्रम चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकृत भएका छन् ।

२०७८ मंसिरमा भएको पार्टी महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका कमल थापाले सोही वर्षको फागुन २५ गते राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

लिङ्देनसँग आफू पराजित हुनुमा थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका माथि प्रश्न उठाएका थिए । पूर्वराजामाथि सार्वजनिक रूपमै पनि कटु टिप्पणीहरू गरेका थिए ।

२०६२/०६३ को जनआन्दोलनपछि सिंगो मुलुक गणतन्त्रमय भएको कठिन समयमा समेत आफूले राजतन्त्र पुनर्स्थापनाको मुद्दा उठाएर संघर्ष गरेको, पार्टी बचाएको, राजतन्त्र फर्काउन जनमत तयार पार्न अनवरत दु:ख गरे पनि पूर्वराजाले आफूलाई धोका दिई लिङ्देनको पक्षमा मत हाल्न महाधिवेशन प्रतिनिधिहरूलाई लगाएको थापाको आरोप थियो ।

त्यसपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । तत्कालीन समयमा उनले राजतन्त्रको मुद्दा नै त्यागेका थिए र गणतन्त्र स्वीकार गरेको घोषणा गरेका थिए । यसपछि उनका थुप्रै सहयोगीले उनलाई छाडे ।

थापाले राप्रपा नेपाललाई त्यसयता भएका स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा होमेका थिए । तर, कतै सफलता मिलेन । सम्मानजनक मतसमेत आएन ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्दै थापा स्वयंले नेकपा एमालेको चिह्न लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर, उनी पराजित भए । थापा पराजित भएको क्षेत्रमा केही अघिसम्म थापाका सबैभन्दा नजिक मानिने दीपकबहादुर सिंह विजयी भए । सिंह राप्रपाबाट उम्मेदवार थिए ।

यसरी लगातार शक्ति क्षीण हुँदै गएपछि थापा सांगठनिक रूपमा निकै कमजोर बनिसकेका थिए भने थुप्रै जिल्लामा पार्टी संगठनहरूसमेत मुर्झाएको अवस्थामा थिए । यस्तोमा बलियो शक्ति निर्माणका लागि थापाले पुन: राष्ट्रवादी शक्तिहरूबीच एकताको पहल गरे ।

त्यसका लागि उनले गत २५ फागुनमा पोखराबाट काठमाडौं आउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने औपचारिक कार्यक्रमलाई मौका ठाने । सो कार्यक्रममा उनी पूर्ण रूपले सक्रिय भए र पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगे । पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि पुगेका थिए ।

४ चैतमा गणतन्त्र फालेर राजासहितको प्रजातन्त्र पुनर्स्थापना गर्न यसबीच नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भयो ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नाम दिइएको सो समितिलाई दुवैले समर्थन गरे र आआफ्ना दलबाट प्रतिनिधि पठाए ।

विवादित मेडिकल व्यवसायी तथा शक्तिमा आउन राजतन्त्रको मुद्दा बोकेका दुर्गा प्रसाईं आन्दोलनको कमान्डर घोषणा गरिएका थिए ।

उनै प्रसाईंले १५ चैतमा तीनकुनेमा आह्वान गरेको आन्दोलन घोषणा सभा हिंसात्मक बन्न पुग्यो । एक सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भएको घटनामा दर्जनौंलाई गोली लाग्यो । सार्वजनिक तथा सरकारी सम्पत्ति, व्यापारिक प्रतिष्ठान र सञ्चारगृहमा समेत आगजनीका घटना भए ।

यसघटनापछि छिन्न भिन्न भएका राजतन्त्र पक्षधर शक्तिलाई थापाले १५ वैशाखमा शान्तिबाटिकामा कार्यक्रमको आयोजना गरी एक ठाउँमा ल्याउने प्रयास गरे । राप्रपा अध्यक्ष लिङ्देनलाई प्रमुख अतिथि मात्र बनाएनन्, कार्यक्रमकै बीच उनीसँग अंकमाल गर्दै केही समयभित्रै सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा आउने उद्घोष गरे ।

त्यसयता थापा लिङ्देनसँग नियमित छलफलमा जुटिरहेका थिए । मुलुक संकटपूर्ण अवस्थामा पर्दै गएको, राष्ट्रवादी शक्तिहरू कमजोर भएको तथा २१ फागुनको निर्वाचनसमेतलाई ध्यानमा राखेर पार्टी एकताको प्रयास थालेको उनको भनाइ थियो ।

२३, २४ भदौको जेनजी आन्दोलनले मुलुकको राजनीतिक परिस्थितिमा धेरै ठूलो परिवर्तन ल्याइदियो । तत्कालीन प्रतिनिधिसभामा कांग्रेस–एमालेको दुईतिहाइ बहुमतको नेतृत्व गर्दै सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत हुन दुई दिने जेनजी आन्दोलनले बाध्य बनायो ।

त्यसयता थुप्रै पार्टीहरूमा टुटफुट र ध्रुवीकरणसमेत देखियो । यही बीच गत १७ कात्तिकमा थापाले पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य रहेको एकता वार्ता समिति गठन गरे । समितिले विचार मिल्ने राष्ट्रवादी पार्टी र मोर्चाहरूसँग एकताको लागि वार्ता गर्ने जिम्मेवारी पाएको थियो ।

सोही क्रममा २५ कात्तिकमा थापा र लिङ्देनले धुम्बाराहीको एक होटलमा एक्लाएक्लै लामो छलफल गरे । सो छलफलमा थापाले आफू कुनै पनि पदमा बार्गेनिङ नगरी नि:शर्त पार्टी एकता गर्न तयार रहेको बताएपछि लिङ्देन पनि एकताका लागि तयार भए ।

त्यसोत १५ चैतको तीनकुने घटना आसपासबाट पार्टीमा अध्यक्ष लिङ्देनसँग महामन्त्री धवलशम्शेर राणाको संघर्ष चलिरहेको थियो । आफूलगायत आफूपक्षीय नेताहरूलाई लिङ्देनले एकलौटी निर्णयको आधारमा जिम्मेवारी खोसेको विषयले पार्टीका दुई प्रभावशाली नेताको दूरी बढाइरहेको थियो । सायद, यस्तोमा लिङ्देनले कुनै पनि बार्गेनिङ नगरी पार्टी एकतामा आउन लागेका थापालाई स्वागत गर्नु नै उचित ठाने ।

लिङ्देन र थापाबीच ९ पुसमा औपचारिक रूपमा एकताको सम्झौतापत्रमा हस्ताक्षर भयो । सोही सम्झौताको आधारमा थापाले १६ पुसको एकता सभामार्फत् राप्रपामा पुनरागमन गरे ।

एकतापछि थापा लिङ्देनपछिको दोस्रो वरियतामा रहनेछन् । राप्रपाको विधानमा निवर्तमान अध्यक्ष दोस्रो वरियतामा रहने व्यवस्था छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More