― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsवैदेशिक रोजगारमा रहेकालाई सालपा विकास बैंकको आईपीओ खुल्यो

वैदेशिक रोजगारमा रहेकालाई सालपा विकास बैंकको आईपीओ खुल्यो


राष्ट्रिय

समाचार.

  • सालपा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।
  • कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ, जसमा सर्वसाधारण समूहको हिस्सा ३३ प्रतिशत र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन मंसिर २९ गतेसम्म वा पुस १० गतेसम्म दिन सकिनेछ।

२५ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीलाई सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।

सर्वसाधारण समूहको कुल १७ लाख २३ हजार ८८० कित्ता सेयरमध्ये वैदेशिक रोजगारमा रहेकालाई १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन हुनेछ ।

श्रम इजाजत लिएर विदेश गएकाले यो आईपीओ भर्न सक्नेछन् । छिटोमा मंसिर २९ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा सेयर बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० तथा अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी ?

असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । २ करोड ७० लाख रुपैयाँको जगेडा कोष छ । खोटाङ जिल्लामा कारोबार गर्न अनुमति पाएको यसको कर्पोरेट कार्यालय दिक्तेलमा छ ।

जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यसले क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्सबाट बी रेटिङ पाएको छ । जसले कम्पनीलाई दायित्व बहनमा मध्यमस्तरको जनाउँछ।

अंकित मूल्य १ सयका दरले सेयर निष्कासन हुनेछ । यो विकास बैंक समूहको कम्पनी हो ।





Read More