― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsवैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन ‘टाक्स फोर्स’ बनाउँदै सरकार

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन ‘टाक्स फोर्स’ बनाउँदै सरकार


राष्ट्रिय

समाचार.

  • श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताउनुभयो।
  • टाक्स फोर्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखा सहभागी हुने र वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न व्यवसायीहरू अग्रसर हुनुपर्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।
  • वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरेको र यसलाई सुधार गर्नु विकल्प नभएको मन्त्री भण्डारीले बताउनुभयो।

३ पुस, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।

२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थित बना बनाएर काम गर्ने बताएका हुन् ।

मन्त्रालयमातहत रहने टाक्स फोर्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध महाशाखालगायतलाई सहभागी गराएर काम गर्ने उनको भनाइ छ ।

उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरू नै अग्रसर हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनपछि पनि सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो विष्फोट हुनसक्नेतर्फ सबै सजक हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको विकल्प नभएको धारणा राखे ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइमेद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदनअनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासिका रूपमा रहेका छन् । नेपालमा कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ ।





Read More