― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsवुल्भ्समाथि युनाइटेडको सहज जित – KhabarHost

वुल्भ्समाथि युनाइटेडको सहज जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको छ।
  • ब्रुनो फर्नान्डेसले दुई गोल गर्दै युनाइटेडको जितमा मुख्य भूमिका खेलेका थिए।
  • जितपछि युनाइटेड १५ खेलमा २५ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।

२३ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्समाथि सहज जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले वुल्भ्सलाई उसैको मैदानमा ४-१ गोलअन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले २ गोल गर्दा ब्रायन एम्बेउमो र मेसन माउन्टले १-१ गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा युनाइटेडले ३ गोल थपेको थियो ।

खेलको २५औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जिन रिक्नर बेलेगार्डले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

५१औं मिनेटमा एम्बेउमोले गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । ६२औं मिनेटमा माउन्टले गोल गरेपछि युनाइटेड ३-१ ले अगाडि बढ्यो ।

खेलको ८१औं मिनेटमा ह्‍यान्डबलको अपिलपछि भीएआर चेकमार्फत युनाइटेडले पेनाल्टी पायो । ८२औं मिनेटमा फर्नान्डेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै ४-१ को जित दिलाए ।

जितपछि १५ खेलमा २५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । पराजित वुल्भ्स २ अंक मात्र जोडेर पुछारमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More