― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest news‘विषालु’ बन्यो बिहे भोज, नयाँ बिरामी थपिएको थपियै – KhabarHost

‘विषालु’ बन्यो बिहे भोज, नयाँ बिरामी थपिएको थपियै – KhabarHost



२५ माघ, खोटाङ । खोटाङमा बिहे भोज खाँदा बिरामी पर्नेको संख्या बढिरहेको छ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि आफन्त र स्थानीयवासी बिरामी परेका हुन् ।

माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित करिब डेड सय स्थानीय बिरामी परेका छन् । उपचारपछि धेरैजसो बिरामी निको भएर घर फर्किरहेका छन् । तर, नयाँ बिरामी थपिने क्रम जारी रहेको जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् ।

माघ २५ गते मात्रै ४५ जना नयाँ बिरामी आएका छन् । कतिपय उपचारपछि घर फर्किएका बिरामीसमेत दोहोरिएर आइरहेका छन् ।

बिरामीको संख्या अधिक भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङमा दिलबहादुर राईको घरमा उपचार शिविर खडा गरिएको छ । गाउँपालिकाले माघ २३ गतेदेखि शिविर खडा गरेर निगालावासमै उपचारको प्रवन्ध मिलाएको हो ।

बिरामीलाई राखेर उपचार गर्नका लागि पाल टाँगिएको छ । घरको कोठा, सिकुवा, आँगन र पेटीमै ओछ्यान हालेर उपचार गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताइन् ।

अलि सिकिस्त भएका सात बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लगेर उपचारमा राखिएको छ । गाउँपालिकाको एम्बूलेन्स, स्ट्रेचर, ईलाका प्रहरी कार्यालय चिसापानी र स्वास्थ्य कार्यालय खोटाङको गाडीमार्फ विरामीलाई शिविरस्थलसम्म ओसार्ने काम भइरहेको छ । बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् ।

विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको करिव १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको थियो । बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधि सहितको जनशक्ति मगाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । उपाध्यक्ष खड्काका अनुसार नयाँ बिरामी थपिइरहे पनि समस्या नियन्त्रणउन्मुख छ ।

गाउँपालिकाका अनुसार भोज खाएका जति सबै स्थानीय बिरामी परेका छन् । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुनासमेत बिरामी परेका छन् ।

भोज खानेक्रममा ‘फुड पोइजनिङ’ भएको अनुमान गरिएको छ । हालसम्म बिरामीको यकिन तथ्यांक भने प्राप्त भएको छैन । सयभन्दा बढी स्थानीय बिरामी परेको प्रहरीको अनुमान छ ।

भोज खाएका कारण विरामी पर्नुको कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More