― Advertisement ―

UK ड्राइभिङ सिद्धान्त परीक्षण बैठक कोठामा जान सक्छ किनकि DVSA ले बढ्दो ब्याकलग संकट र ढिलाइको बीचमा रिमोट परीक्षाहरू अन्वेषण गर्दछ।

रिमोट परीक्षणले लामो समयको प्रतीक्षालाई कम गर्न सक्छ। ब्याकलग दबाबले परम्परागत परीक्षण विधिहरूको पुनर्विचार गर्न बाध्य पारिरहेको छएआई प्रोक्टोरिङले निष्पक्षता र निरीक्षणको बारेमा नयाँ...
HomeLatest newsविश्वविद्यालय खेलकुद माघमा हुने – KhabarHost

विश्वविद्यालय खेलकुद माघमा हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं विश्वविद्यालयले माघ २२ गते तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छन्।
  • प्रतियोगितामा टेबलटेनिस, बास्केटबल र छात्र भलिबलको प्रतिस्पर्धा हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्।
  • दुईदिनसम्म चल्ने खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा सञ्चालन गरिने समितिका सदस्य कमलबहादुर भट्टराईले बताए।

२४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह, नेपालयका अध्यक्ष सुवास प्रधान, नेपाल भलिबल संघका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा टेबलटेनिस, बास्केटबल र भलिबलको प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।

भलिबलमा छात्रको मात्र खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More