― Advertisement ―

मेटाको स्मार्ट चश्माले प्रमुख एआई बूस्ट पाइरहेको छ, तर यसले यसको सबैभन्दा ठूलो समस्यालाई सम्बोधन गर्दैन

Meta ले भर्खरै सुरु गर्यो। LLM ChatGPT र मिथुनसँग धेरै नजिक छयो चाँडै मेटाको स्मार्ट चश्मा र सामाजिक प्लेटफर्महरूमा सुरु हुँदैछमेटाको VR स्केलब्याक यसको...
Homeराष्ट्रिय समाचारविशेष महाधिवेशन पक्षधर र शेखर कोइरालाबीच भेटवार्ता

विशेष महाधिवेशन पक्षधर र शेखर कोइरालाबीच भेटवार्ता



१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूह नेता डा. शेखर कोइरालालाई भेट्न गएको छ ।

काठमाडौंमा मंगलबार विशेष भेलाको आह्वान गरेको समूह सोमबार बिहान नेता कोइरालालाई भेट्न विशाल नगरस्थित उनको सम्पर्क कार्यालयमा पुगेको हो ।

हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले आफूहरू अहिले ‘डेलिगेनस’ लिएर नेता कोइरालाको सम्पर्क कार्यालय पुगेको जानकारी दिए ।

‘डेलिगेस’का लागि विशाल नगर पुगेका अर्का नेता मनोजमणि आचार्यले आफूहरूले नेता कोइरालासँग भेट गरेको बताए । उनले भने, ‘उहाँसँग भेटेर भर्खरै हामी फर्कियौँ ।’

उक्त समूहले शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेट गरेको थियो । समूहले नेता घिमिरेको नेतृत्वमो असोज १९ गते विशेष महाधिवशेनका लागि झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More