― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
HomeLatest newsविशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुरको आश्वासन- विधान अनुसार नै गर्छु

विशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुरको आश्वासन- विधान अनुसार नै गर्छु



१५ कात्तिक, काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूलाई कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान अनुुसार नै निर्णय हुने आश्वासन दिएका छन् ।

शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल गरेका कावा सभापति खड्काले किसुनजीको समेत उदाहरण दिँदै आफू विधान अनुसार अघि बढ्ने बताएका हुन् ।

छलफलमा हस्ताक्षर अभियान चलाइरहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रमेश धमला, नारायण भट्टराई, जनकराज गिरी, सुवास पोखरेल, मनोजमणी आचार्य सहभागी थिए ।

त्यस्तै, मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि छलफलमा सहभागी थिए ।

नेताहरूले कावा सभापति खड्कालाई नै औपचारिक रुपमा हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाएपछि खड्काले आज पहिलोपटक बोलाएर छलफल गरेका हुन् ।

‘पहिलोपटक २४८८ जनाको तर्फबाट बोलाउनुभयो । पार्टी कार्यालयमै सौहार्दपूर्ण वातावरणमा छलफल भयो । हामीले बोलाएकोमा हामीले धन्यवाद दियौं,’ नेता मनोजमणी आचार्यले भने ।

उनका अनुसार, खड्काले पार्टीको विधानको व्यवस्थामा रहेर आफूले काम गर्ने बताएका छन् ।

‘पार्टीको विधानको व्यवस्थामा रहेर म काम गर्छु भन्नुभयो । म किसुनजीको अनुयायी पनि हुँ भन्दै लामो इतिहास सुनाएर यस्तो बताउनुभएको छ,’ खड्काले दिएको आश्वासन सुनाउँदै आचार्यले भने ।

उनले थ पभने, ‘हामी आशावादी छौं, उहाँले विधानभित्र रहेर धारा १७ को २ अनुसार नै गर्नुहुन्छ भन्नेमा पुग्यौं । छिटो गरिदिनुस् पनि भन्यौं ।’

खड्काले पदाधिकारी र केन्द्रीय समिति बैठकमा पनि आफूसँग हस्ताक्षर आइपुगेको जानकारी गराएको नेताहरूलाई बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More