― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsविशेष महाधिवेशनमा गण्डकी सभापतिको प्रस्ताव- राजतन्त्र पुन:बहाली गर्न सबै शक्तिसँग छलफल

विशेष महाधिवेशनमा गण्डकी सभापतिको प्रस्ताव- राजतन्त्र पुन:बहाली गर्न सबै शक्तिसँग छलफल



२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुन:बहाली गर्न देशमा क्रियाशील सबै शक्तिहरुसँग छलफल गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुन:बहाली गर्न माग गरे ।

गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली कांग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली कांग्रेसको नेतृत्व खोजेको छ । तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौं,’ उनले भने ।

देश र जनता बचाउनु पहिलो काम भएको पनि बताउँदै उनले देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वको खोजी भइरहेको बताए ।

‘विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौं । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुन:बहाली गरौं । संवैधानिक राजतन्त्रलाई पुन:बहाली गर्न देशमा क्रियाशील सबै शक्तिहरुसँग विचार विमर्श गरौँ । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौं,’ उनले भने ।





Read More