― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsविशेष महाधिवेशनको पक्षमा कांग्रेसका कुन जिल्लाबाट कति खुले ?

विशेष महाधिवेशनको पक्षमा कांग्रेसका कुन जिल्लाबाट कति खुले ?



२५ पुस, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा बहुमत पुर्‍याउन नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरेपनि ५० प्रतिशत बढीले हस्ताक्षर गरेका छन् ।

कतिपय जिल्लामा ९५ प्रतिशतभन्दा पनि बढी प्रतिनिधिले हस्ताक्षर गरेको विशेष महाधिवेशन पक्षले दाबी गरेको छ ।

प्रतिशतका आधारमा सबैभन्दा बढी हस्ताक्षर पाल्पा र दार्चुलाबाट भएको छ भने सबैभन्दा कम मुस्ताङमा हस्ताक्षर भएको छ । एक प्रतिनिधि सभा क्षेत्र बराबर २५ जना महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था छ ।

समावेशिताको मापदण्ड अनुसार केही क्षेत्रबाट २७ जनासम्म महाधिवेशन प्रतिनिधि छनोट हुने व्यवस्था गरिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार २४८८ प्रतिनिधिमा यो बीचमा २४ जनाले हस्ताक्षर फिर्ता गरेका छन् । ७७ जिल्ला, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट थपिएर २५७१ जना प्रतिनिधि विशेषको पक्षमा देखिएको  छन् ।

उक्त अंकमा हिजो र अस्ति (बुधबार र बिहीबार) हस्ताक्षर गरेर ५०० जना अझै थपिने महामन्त्री शर्माको दाबी छ ।

कोशी : सबै जिल्लामा ५० प्रतिशत बढी

कोशीका १४ जिल्लामा सबैमा ५० प्रतिशत भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्ण सिटौलाको गृह जिल्ला झापाका १२५ प्रतिनिधिमा ७२ जनाले हस्ताक्षर गरेका छन् ।

कोशीमा प्रतिशतका आधारमा धेरै जनाले हस्ताक्षर गर्नेमा सुनसरी बनेको छ । सुनसरीमा ७८ जनाले हस्ताक्षर गरेका छन् ।

संस्थापनइतरका नेता डा.शेखर कोइरालाको गृह जिल्ला मोरङका १५० प्रतिनिधि मध्ये ९७ जनाले विशेष महाधिवेशनका पक्षमा देखिएका छन् ।

इलामबाट ३७,  पाँचथरमा १९, ताप्लेजुङमा १३,  संखुवासभामा २०, तेह्रथुममा २१, भोजपुरमा १५, धनकुटामा १६, खोटाङमा १३, सोलुखुम्बका १८, ओखलढुङ्गाका १३ र उदयपुरबाट ४२ जनाले विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।

मधेश :  धनुषा र पर्सामा तुलनात्मक कम

आठ जिल्ला रहेको मधेसमा प्रत्येक प्रतिनिधि सभाबाट २५ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था अनुसार आठ सय प्रतिनिधि छनोट हुन्छन् । विशेष महाधिवेशनको पक्षमा धनुषा र पर्सा बाहेकका जिल्लामा ५० प्रतिशत बढीले हस्ताक्षर गरेका छन् ।

सप्तरीमा ६१, सिरहामा ५८, धनुषामा २५, महोत्तरीमा ५३, सर्लाहीमा ७१, रौतहटमा ७०, बारामा ७२ र पर्सामा ३४ जना विशेष महाधिवेशनको पक्षमा छन् ।

बागमती :  चितवनमा ८५ प्रतिशत, दोलखामा बहुमत पुगेन

बागमतीका १३ जिल्लामा प्रतिशतका आधारमा सबैभन्दा बढी हस्ताक्षर चितवनमा भएको छ भने कम दोलखाबाट भएको छ ।

चितवनका ७५ प्रतिनिधिमा ६३ जना विशेषको पक्षमा देखिएका छन् । दोलखामा २५ महााधिवेशन प्रतिनिधिमा ८ जना विशेषको पक्षमा देखिएका छन् ।

धादिङमा ३८, रसुवामा २१, सिन्धुपाल्चोकमा २८, रामेछापमा १६, नुवाकोटमा २९, काभ्रेपलाञ्चोकमा ३१ जना विशेषको पक्षमा देखिएका छन् ।

३०० प्रतिनिधि रहेको काठमाडौँबाट १६१ जना विशेषको पक्षमा लागेका छन् । भक्तपुरमा २६ जनाले हस्ताक्षर गरेकोमा पाँच जनाले नियमित हुने शर्तमा हस्ताक्षर गरेर नाम फिर्ता लिएको जानकारी गराएका थिए । ललितपुरमा ३०, सिन्धुलीमा ३३ र मकवानपुरबाट २५ जना विशेषको पक्षमा छन् ।

गण्डकी : गोरखामा ९५ प्रतिशत विशेषको पक्षमा हुँदा मुस्ताङमा एक जना मात्रै

गण्डकीका जिल्लामा हस्ताक्षर गर्नेहरुमा प्रतिशतका आधारमा सर्वाधिक गोरखा छ भने कम मुस्ताङबाट हस्ताक्षर भएको छ ।

५० महाधिवेशन प्रतिनिधि रहेको गोरखामा ४७ जना विशेषको पक्षमा खुलेका छन् । मुस्ताङका २५ प्रतिनिधिमा विशेषमा हस्ताक्षर गर्ने एक जना मात्रै छन् ।

तनहुँमा २५, स्याङ्जामा २६, लमजुङमा २३, कास्कीमा ४७, मनाङमा ४, पर्वतमा २०, बागलुङमा ३५, म्याग्दीमा १७ र नवलपुरबाट ३३ जना विशेषको पक्षमा छन् ।

लुम्बिनी : विशेष पक्ष पाल्पामा बलियो, बर्दियामा कमजोर

लुम्बिनीका जिल्लाहरुमा विशेष पक्ष सर्वाधिक बलियो पाल्पामा देखिएको छ । पाल्पामा ५० प्रतिनिधिमा ४९ जना विशेषको पक्षमा लागेका छन् । दुईटा निर्वाचन क्षेत्र भएको बर्दियामा भने विशेषको पक्षमा ८ जना देखिएका छन् ।

नवलपरासीमा ३२, रुपन्देहीमा ७८, कपिलवस्तुमा ४३, अर्घाखाँचीमा २३, गुल्मीमा ४२, दाङमा २७,  प्युठानमा १३, पूर्वी रुकुममा २१, रोल्पामा २४ र बाँकेमा २५ जना विशेष महाधिवेशनको पक्षमा छन् ।

कर्णाली : डोल्पामा मजबुत, सुर्खेतमा कमजोर

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा विशेष पक्षधर तुलनात्मक रुपमा सुर्खेत र हुम्लामा कमजोर देखिएको छ । सुर्खेत कार्यवाहक सभापति खड्काको गृह जिल्ला समेत हो ।

कर्णालीका थप जिल्लाहरुमा पश्चिम रुकुममा ९, सल्यानमा १२, दैलेखमा ३१, जाजरकोटमा १८, डोल्पामा २१, जुम्लामा १९, कालिकोटमा १३, मुगुमा १३ र हुम्लामा ४ जना विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।

सूदुरपश्चिम  : दार्चुलामा बलियो, डडेलधुरामा कमजोर

सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा अन्य प्रदेशको तुलनामा विशेष महाधिवेशनको पक्षमा कम देखिएका छन् । दार्चुलामा एक जना बाहेकले सबै विशेषको पक्षमा देखिएको दाबी गरिएको छ भने डडेलधुरामा दुई जनाले मात्रै हस्ताक्षर गरेका छन् ।

पाँच क्षेत्र रहेको कैलालीमा १२५ जना महाधिवेशन प्रतिनिधि छन् । ती मध्ये विशेषको पक्षमा ३० जना खुलेका छन् । डोटीमा ११, अछाममा ३०, बाजुरामा १८, बझाङमा ७, कञ्चनपुरमा १४ र बैतडीमा १३ जना विशेष महाधिवेशनको पक्षमा छन् ।

भ्रातृ संस्था र जनसम्पर्क समितिमा पनि बहुमत

भ्रातृ संस्थाबाट पाँच र शुभेच्छुक संस्थाबाट तीन जना महाधिवेशन प्रतिनिधि छनोट हुने व्यवस्था छ । विदेशस्थित जनसम्पर्क समितिको हकमा ५ सय भन्दा कम क्रियाशील भएको देशबाट एक जना प्रतिनिधि हुने व्यवस्था छ ।

५ सय देखि दुई हजारसम्म सदस्य रहेका देशमा ७ जना र त्यसभन्दा माथि सदस्य संख्या भएको देशबाट १७ जना प्रतिनिधि छनोट गरिने विधि छ । भ्रातृ र शुभेच्छुक संस्थाबाट ७१ जना विशेषको पक्षमा खुलेको विशेष महाधिवेशन पक्षधरको दाबी छ ।

१४ औं महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समितिहरुमा २९ देशबाट प्रतिनिधि सहभागी भएका थिए । दुई हजार बढी क्रियाशील सदस्य रहेका अमेरिका, बेलायत, भारत र जापानबाट १४ जना प्रतिनिधि छनोट हुन्छन् ।

गत महाधिवेशनमा सहभागी भएका जनसम्पर्क समितिका प्रतिनिधिहरुमा १२६ जना विशेषको पक्षमा देखिएका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More