― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
HomeLatest newsविशेष महाधिवेशनका लागि बुझाएको निवेदन बैठकमा राख्न कांग्रेस केन्द्रीय सदस्यको माग

विशेष महाधिवेशनका लागि बुझाएको निवेदन बैठकमा राख्न कांग्रेस केन्द्रीय सदस्यको माग



२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरूङले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनका लागि पार्टीमा बुझाइएको निवेदन बैठकमा राख्न आग्रह गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी समक्ष महाधिवशेनका लागि राखेको माग बैठकमा राखेर छलफल गराउन खड्कासँग माग गरेका हुन् ।

‘सभापतिज्यू हामी धेरै गड्याङ-मड्याङमा नजाऔँ । तपाईंले जिम्मा लिनुभएको छ ५५ प्रतिशत सिग्नेचर गरेको डकुमेन्ट । त्यो विषय यो छलफलमा राखिदिनुस् । यो हेर, साचो हो कि झुटो हो, नक्कली हो कि सक्कली हो, पढ भनिदिनुस्’, गुरूङले भने, ‘किन राख्नुहुन्न तपाईं ? हामीले छलफल गर्न पाउँछौं होला नि त । त्यो छलफल गर्ने हैसियत हाम्रो पनि त होला नि । किन राख्नुहुन्न तपाईं ? जे भनियो त्यही मात्रै कुरा राख्नु हामीले ?’

उनले नेताहरूलाई सामुहिकतामा पार्टी चाहिएको भए विधानसम्मत जानुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेस मलाई चाहिएको हो कि हामीलाई चाहिएको हो ?’ गुरूङले प्रश्न गर्दै भने, ‘यदि, मलाई चाहिएको हो भने हाम्रो दाश प्रवृत्तिबाट अघि बढौं, कति दिन नेता हुने हो भइराखौँ । यदि, हामीलाई कांग्रेस चाहिएको हो भने विधानसम्मत जाऔँ । विकल्पै छैन ।’

उनले विशेष महाधिवेशनका लागि कुनै नेताले हस्ताक्षर गराएको नभएर विधानले गराएको पनि जिकिर गरे । ‘विधानको धारा १७ को २ मा प्रष्ट छ नि । यहाँ ५५ प्रतिशत सिग्नेचर गरायो ? फालाले गरायो, ढिस्कनाले गरायो । हाम्रो चित्त दुःख्यो । होइन, विधानले गराएको छ’, गुरूङले भने ।

नेता गुरूङले कांग्रेस अहिले संकटमा रहेको र संकटका बेला भइरहेको अल्पमत र बहुमतको गलफतीले संगठनलाई बल नपुग्ने पनि बताए । ‘कांग्रेस संकट मै छ । जेनतेन एमालेले गाउँ–गाउँ, जिल्ला–जिल्लामा नाराजुलुस गराएर कार्यकर्ता थमाइराखेको छ’, उनले भने, ‘कांग्रेसले यो गर्‍यो ? मलाई लाग्छ यो गरेको छैन । हामीले के गर्‍यौं ? खाली यहाँ दुईटा ग्रुप अल्पमत र बहुमतको कुरा गरिराखेका छौं । यसले के संगठनमा बल दिन्छ त ? दिँदैन ।’





Read More