― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsविशेष पक्षधरले स्मरण पत्र बुझाउँदै – KhabarHost

विशेष पक्षधरले स्मरण पत्र बुझाउँदै – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउने भएका छन्।
  • हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशनको विकल्प नभएको बताए।
  • घिमिरेले केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान नगरे मागकर्ताले आह्वान गर्ने दाबी गरे।

११ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाउने भएका छन् ।

नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउन लागिएको हो ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले स्मरणपत्र बुझाउन लागिएको जानकारी गराए ।

‘फास्ट ट्रयाकबाट नियमित महाधिवेशन गर्न उहाँहरु तयार हुनुभएन । हाम्रो प्राथमिकता नियमित महाधिवशेन हो । नियमित हुन नसके विशेषका लागि माग हो,’ घिमिरेले अनलाइनखबरसँग भने ।

२९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो । उक्त प्रस्तावलाई पार्टी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले छलफलको एजेण्डा नबनाएकोप्रति घिमिरेले असन्तुष्टि व्यक्त गरे ।

गत कात्तिक २८ मा काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला । फाइल तस्वीर ।

‘हामीसँगको अनौपचारिक भेटमा विधानअनुसार प्रक्रियामा लाने भन्नुभएको थियो । त्यसो गरिएन,’ घिमिरे भन्छन्, ‘विशेष महाधिवेशन मागकर्तालाई औपचारिक संवादमा समेत बोलाउनु भएन ।’

विधान अनुसार माग गरिएको व्यवस्था कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै घिमिरेले केन्द्रीय समितिले विशेष महााधिवेशन आह्वान नगरे मागकर्ताले आह्वान गर्ने दाबी गरे । विशेष महाधिवेशन आह्वान भए यही महिनाको २८ गतेसम्म अवधि छ ।





Read More