― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsविवाहको निम्तो पत्र बाँड्दै पूजा, भन्छिन्- सँधैको लागि तयार !

विवाहको निम्तो पत्र बाँड्दै पूजा, भन्छिन्- सँधैको लागि तयार !


राष्ट्रिय

समाचार.

  • फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले २० मंसिरमा युद्ध बानियाँसँग भक्तपुरमा विवाह गर्ने तय भएको छ।
  • पूजाले सामाजिक सञ्जालमा विवाहका लागि ‘सँधैको लागि तयार’ रहेको भिडियो सेयर गरेकी छिन्।
  • पूजाको फिल्म करिअर १३ वर्ष पुरानो छ र उनले १७ फिल्ममा काम गरिसकेकी छिन्।

काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ । केही दिनदेखि उनको विवाहको चर्चा चलिरहेको थियो ।

उनले निकट फिल्मकर्मी र संचारकर्मीलाई पनि विवाहको निम्तो बाँडिरहेकी छिन् । उनको विवाह युद्ध बानियाँसँग हुने बताइएको छ, जो पेशाले रेस्टुरेन्ट व्यवसायी हुन् ।

यी दुईजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मिडिया विवरणहरूमा जनाइएको छ ।

आकर्षक डिजाइनको निम्तो पत्रमा लेखिएको छ, ‘तपाईंलाई युद्ध र पूजाको विवाह समारोहमा हार्दिक स्वागत छ ।’ पत्रमा दुवैजनाको फोटो पनि राखिएको छ ।

निम्तो पत्रअनुसार यी दुईजनाको विवाह २० मंसिरको शनिबार भक्तपुरको एक रिसोर्टमा हुने उल्लेख छ । पूजाले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै ‘सँधैको लागि तयार’ रहेको क्याप्सन लेखेकी थिइन् ।

पूजाको फिल्म करिअरले आउँदो साता ठीक १३ वर्ष टेक्दैछ । उनको डेब्यू फिल्म ‘थ्री लभर्स’ ७ डिसेम्बर, २०१२ मा रिलिज भएको थियो । ‘रावायण’ सम्म आइपुग्दा उनले १७ फिल्ममा काम गरेकी छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More