― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsविराट ट्रेड एक्स्पो ९ पुसदेखि – KhabarHost

विराट ट्रेड एक्स्पो ९ पुसदेखि – KhabarHost



२२ मंसिर, विराटनगर । आगामी ९ पुसदेखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गरिने भएको छ ।

मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका–२ शान्ति चोकमा अन्तर्राष्ट्रियस्तरको एक्स्पो आयोजना गर्न लागेको हो ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले ९ देखि १९ पुससम्म एक्स्पो सञ्चालन गर्ने बताएको छ ।

संघका अध्यक्ष अनुपम राठीले आर्थिक गतिविधिलाई चलायमान बनाउनेका लागि एक्स्पो आयोजना गर्न लागिएको बताए ।

एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको ह्याङगर संरचनासहित २ सय ३० वटा स्टल रहने उनले बताएका छन् ।

नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा रहने जानकारी राठीले दिए ।

भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिने उनले बताए ।

२ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको एक्स्पोबाट २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More