― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsविमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारप्रति विश्वप्रकाश शर्माको आपत्ति

विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारप्रति विश्वप्रकाश शर्माको आपत्ति


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय परिसरमै भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्।
  • महामन्त्री शर्माले केन्द्रीय कार्यालयमा विशेष बैठक चलिरहेका बेला मिडियाबाहेक अन्यलाई प्रवेशमा रोक लगाउनु पार्टीको पुरानै परम्परा भएको प्रष्टीकरण दिएका छन्।
  • शर्माले राजनीतिमा समर्थन र विरोध स्वाभाविक भए पनि निश्चित मर्यादाको सीमा नाघ्न नहुनेमा जोड दिएका छन्।

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय परिसरमै भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महामन्त्री शर्माले केन्द्रीय कार्यालयमा विशेष बैठक चलिरहेका बेला मिडियाबाहेक अन्यलाई प्रवेशमा रोक लगाउनु पार्टीको पुरानै परम्परा भएको प्रष्टीकरण दिएका छन् ।

राष्ट्रिय सभाको उम्मेदवारी चयनसम्बन्धी बैठकका कारण कार्यालय प्रवेशमा कडाइ गरिएको भन्दै महामन्त्री शर्माले केही नेताकार्यकर्ताले त्यसलाई नबुझ्दा अनावश्यक समस्या उत्पन्न बताएका छन् ।

महामन्त्री शर्माले राजनीतिमा समर्थन र विरोध स्वाभाविक भए पनि त्यसले निश्चित मर्यादाको सीमा नाघ्न नहुनेमा जोड दिएका छन् ।

‘ कुनैपनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुनसक्दछ ितर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ िसमर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दु:खद र गलत पाटो हो,’ शर्माले लेखेका छन् ।

 

निधि कार्यालय प्रवेश गर्ने क्रममा भएको व्यवहार ‘पूर्णत: गलत भएको शर्माको ठहर छ ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिले विशेष महाधिवेशन आवश्यक नभएको बताएका थिए ।

निधिले विशेष महाधिवेशनको औचित्य नभएको बताएपछि केही नेता कार्यकर्तासँग नोकझोक परेको थियो ।

महामन्त्री शर्माले राजनीतिमा सहमति–असहमति, समर्थन–विरोध स्वाभाविक भए पनि संयम र परिपक्वता सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै आत्मसात गर्न आग्रह गरेका छन् ।





Read More