― Advertisement ―

शार्कले केही उत्कृष्ट भ्याकुम क्लीनरहरू बनाउँछ — यो सुविधाजनक क्लीन एण्ड इम्प्टी मोडेलले भर्खरै अमेजनमा आकर्षक मूल्य कटौती गरेको छ।

हाम्रो <a data-analytics-id="inline-link" href="https://www.techradar.com/home/vacuums/the-best-vacuum-cleaners" मा जानुहोस्। data-url="https://www.techradar.com/home/vacuums/the-best-vacuum-cleaners" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/home/vacuums-b-vacuums/vacuumes क्लिनर गाइड र तपाईंले त्यो Shark ले दुईवटा देखा पर्दछ। यदि तपाईं आफ्नो घरको...
HomeLatest news‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रचण्ड र माधव नेपाल अहिले नेतृत्वमा सान्दर्भिक र योग्य भएको बताए ।
  • पुनले आगामी महाधिवेशनमा नयाँ नेतृत्व पंक्ति तयार गर्ने र नेतृत्व प्रणालीमा छलफल गर्ने योजना रहेको उल्लेख गरे।
  • उनले जेनजी आन्दोलनपछि पार्टीले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने व्यवस्था गर्ने र संविधान संशोधनमार्फत सुशासन सुधार गर्ने प्रतिबद्धता जनाए।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ यसअघि माओवादीका एक रणनीतिकार मानिन्थे। विगतमा एमाले र माओवादी एकता तथा विभिन्न सत्ता गठबन्धन बनाउँदा उनको भूमिका संयोजनकारी हुनेगर्थ्यो। यसपल्ट पनि उनी त्यही भूमिकामा देखा परे।

पुनसँग अनलाइनखबरका बसन्त बस्नेतले भर्खरै १० समूह मिलेर बनेको नेकपाको राजनीतिक सान्दर्भिकता लगायत विषयमा प्रश्न सोधेका छन्।

 जेनजी विद्रोहपछि दलहरूमा नयाँ पुस्ता आउला भन्ने अपेक्षा थियो, तर फेरि पनि तपाईंको दलमा प्रचण्ड र माधव नेपाल नै शीर्ष नेतृत्वमा आउनुभयो। यो अवस्था कसरी आयो?

जेनजी आन्दोलन नवयुवाहरूको आन्दोलन हो। यसमा उठेको मुख्य विषय भ्रष्टाचार नियन्त्रण र सुशासन नै हो। यसका लागि कसले डेलिभरी गर्न सक्छ भन्ने प्रश्न हो। स्वाभाविक रूपले युवाहरू वा नयाँ मान्छेले राम्रो गर्छन् कि भन्ने आकाङ्क्षा त्यहाँ देखिन्छ। हामी पुस्तान्तरणको अपेक्षालाई अन्यथा मान्दैनौं, तर नेतृत्व वैचारिक, राजनीतिक र संगठनात्मक रूपले उपयुक्त र सान्दर्भिक हुनुपर्छ। 

प्रचण्ड र माधव नेपाल ? उपयुक्त, योग्य र सान्दर्भिक पनि ? 

अहिले प्रचण्ड र माधव नेपाल सान्दर्भिक हुनुहुन्छ। नेतृत्व भनेको एक जना मान्छे मात्रै होइन, हामी सबै छौं। सामूहिकबाट एकजनाले नेतृत्व गर्ने, अहिले त संयोजन मात्रै गर्ने भन्नेछ । यो आन्दोलनको भावनालाई प्रतिनिधित्व गर्दै साविकको माओवादी पार्टीमा र अहिले नेपाली कम्युनिस्ट पार्टी बनाइसकेपछि पनि, हामी संयोजक र सह-संयोजकबाटै जाऔं, कसैलाई फाइनल अथोरिटी (प्राधिकार) नभनौं भन्नेमा छौं। आन्दोलन छ, भावना पनि छ ।

बहस र छलफल गर्दै नेतृत्वले फेरि नयाँ सन्दर्भमा आफूलाई सान्दर्भिक बनाउने, अपडेट र अपग्रेड गर्ने अवसर पनि हुन्छ । यही बीचमा छलफल र बहस गर्दै नयाँ पंक्ति पनि तयार हुँदै गर्छ भनेर हामीले सोचेका छौं । 

तपाईंहरू राजा फालेर आएको शक्ति हो। राजाले भन्दा लामो शासन चाहिं एउटै व्यक्तिले पार्टीमा (सत्ता साझेदार भएर) गरिरहेको छ। ‘नो नट अगेन’ र ‘इनफ इज इनफ’ जस्ता जनभावना हुँदाहुँदै पनि तपाईंहरू किन उही व्यक्ति ‘योग्य’ र ‘सान्दर्भिक’ भन्नुहुन्छ?

यो चाहिं जनमत, कार्यकर्ताको भावना र सान्दर्भिकता नै हो। साथै सम्बन्धित व्यक्तिहरूको विचार, राजनीति, क्रियाशीलता, भूमिका र एजेन्डाले निर्धारण गर्ने कुरा हो। ‘नो नट अगेन’ भनिए पनि जनताले प्रचण्ड कमरेडलाई फेरि आवश्यक ठानेर लिएर आए।

माधवजीलाई लिएर आए र अरू साथीहरूलाई पनि । त्यसैले भनेको जस्तो होइन रहेछ । मान्छेहरूका कमिटमेन्ट र इतिहासहरू हेरेर जनताले फेरि आवश्यकता ठान्दो रहेछ भन्ने पुष्टि भयो। 

अहिले नेताहरू नयाँ पंक्तिबाट नेतृत्व आओस् र स्वाभाविक रूपले पुस्तान्तरण होस् भन्ने आवाज उठेको छ । अब नेताहरूले आफैंलाई रिभ्यु र अपडेट गर्ने कुरा नै हो। यसो गर्दा छलफल-बहस हुन्छ, अधिवेशन सम्मेलनहरू हुन्छन् । त्यसबाट उहाँहरूले आफूलाई सान्दर्भिक बनाउँदा कार्यकर्ताहरूले मान्यो भने हामीले मान्नुपर्ने हुन्छ, लोकतान्त्रिक तरिकाले आउनुभयो भने त हामीले र अरूले पनि मान्नुपर्ने हुन्छ । किन ल्यायो भन्ने कुरा हुँदैन ।  

तपाईंहरू नेतृत्वका लागि किन तयार नहुनुभएको त ?  

माओवादी आन्दोलनको लिगेसी जनयुद्धभन्दा धेरै अगाडिका कठिन अवस्थाहरूमा प्रचण्डले नेतृत्व गर्नुभयो । जनयुद्ध संगठित गर्नुभयो । शान्ति प्रक्रिया हुँदै एजेन्डाहरूलाई संस्थागत गर्नुपर्दा उहाँ स्वाभाविक रूपले नेता हुनुहुन्थ्यो । त्यसपछि सुशासन र समृद्धिको एजेन्डा आए । त्यसमा जनयुद्धमा उठाइएका भिजनहरू कार्यान्वयन गर्नुपर्ने थियो, त्यसमा पनि नेता हुनुभयो । 

पछि त्यतिले नपुगेर नेकपा बनायौं, त्यसबाट दुई तिहाई बहुमत पनि भयो । त्यसलाई टिकाउन सकिएन । कमजोरी भयो । अहिलेका असन्तुष्टिहरूको एउटा कारण त्यो पनि हो । यी परीक्षाहरूमा उहाँ सान्दर्भिक हुँदै आउनुभयो । 

अब उहाँ आफैंले पनि भन्नुभएको छ- महाधिवेशनसम्म जाऔं, नेतृत्व प्रणालीको एउटा छलफल गरौं । एउटा व्यक्ति हटाएर अर्को व्यक्ति ल्याउनेभन्दा प्रणालीमै छलफल गरौं । चुनाव गरेर ल्याउने, नेतृत्वको शृङ्खला बनाउने कि सहमति गर्ने, एउटा नेतृत्व पंक्ति नै तयार गरौं । सँगै, नेतृत्वले टिका लगाइदिनेभन्दा लोकतान्त्रिक अभ्यासबाट, छलफल बहसबाट ल्याऔं भन्नेमा छौं । 

हामीलाई विश्वास छ, आगामी महाधिवेशनसम्म हामीले नयाँ नेतृत्व पंक्ति तयार गर्न सक्छौं । 

त्यो महाधिवेशन ६ महिनापछि हुन्छ ? 

हजुर । ३ महिना हामी निर्वाचनमा केन्द्रित हुन्छौं । त्यसलगत्तै हामी सैद्धान्तिक छलफल गर्छौं । नेतृत्वबारे छलफल गर्छौं । 

शीर्ष नेतृत्वमा दोस्रो पुस्ता आउँछ महाधिवेशन पछि ? त्यो आशा गरौं ? 

अहिले हाम्रो बाहिरको भावना हेर्दा नयाँ पुस्ता आओस् भन्नेछ । स्वयं कमरेड प्रचण्डले र कमरेड माधव नेपालले पनि यो एकताको आवश्यकतामा हामी सबै प्रक्रिया टुङ्गो गर्छौं र नयाँ भूमिकाका लागि तयार छौं भन्नुभएको छ। हामी ठूलो राजनीतिक आन्दोलनबाट आएका छौं । नेतृत्व रातारात तयार हुँदैन । स्थापित नयाँ नेतृत्वलाई रातारात हटाएर फेरि नयाँ नेतालाई स्थापित गर्न सकिंदैन । एउटा प्रक्रिया हुन्छ।

 नेतृत्वपंक्तिलाई हामी राजनीतिक, वैचारिक भूमिका स्थापित हुनेगरी र नयाँ पंक्तिले पनि सँगसँगै नयाँ भूमिका लिनेगरी छलफल गर्छौं । 

नेतृत्वको बारेमा कम्युनिष्ट र कांग्रेसमा फरक हुनेरहेछ । कांग्रेस देखिनेगरी दाबी गर्ने अभ्यास हुन्छ । कम्युनिष्टहरूमा अझै १५/२० वर्ष अझै उहाँहरू भन्दै हुनुहुन्छ ? 

१५/२० वर्ष भनेको छैन मैले । स्वभाविक रूपले उमेर अवस्था, स्वास्थ्य र सान्दर्भिकताले पनि नसक्ने हुन्छ । त्यो विज्ञानलाई हामीले मान्नुपर्छ । साथसाथै, वाम आन्दोलन, कम्युनिस्ट आन्दोलन लगायत कैयौं कुरा, जेनजी आन्दोलनपछि राष्ट्रियता र राष्ट्रिय स्वाधिनता नै चुनौतीपूर्ण जस्तो देखिएको सन्दर्भमा स्थापित र अनुभवी नेताहरूको एउटा पंक्ति चाहिन्छ । भूमिका अहिलेजस्तै कार्यकारी हुन्छ कि फरक ? त्यसबारे हामी छलफल गर्दैछौं, गर्छौं । तर हामी नेतृत्व फेरिनै हुँदैन, उहाँहरू आजीवन रहनुहुन्छ भन्ने होइन । 

जेनजी विद्रोहपछि राष्ट्रियता, राष्ट्रियता स्वाधीनता नै खतरामा पर्‍यो भन्ने भाष्य बनाउन खोज्नुभएको त होइन ? 

स्वाभाविक रूपले हो नि । हामी आफैं पनि दोषी छौं । विभिन्न कालखण्डमा सरकारको नेतृत्वमा बस्यौं । राज्यका सबै संयन्त्र २४ घन्टा पनि टिकेन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सुरक्षा निकाय कुनै पनि नरहने, राष्ट्रियता र लोकतन्त्रको पहरेदार या जग भनेको पार्टीहरू ती सबै तहसनहस हुन कसरी सम्भव भयो?

युवाहरू र जनताको आक्रोश थियो, हामी बुझ्दछौं। कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा १८ महिना सरकारमा सुशासनको लागि काफी काम गर्ने प्रयत्न पनि भयो। त्यसपछि ओलीजी र देउवाजी एक ठाउँमा बसिसकेपछि कैयौं सुशासन मामिलामा सम्झौता पनि भयो।

हामी आफैंले उठायौं प्रतिपक्षको रूपमा। कैयौं बिचौलियाहरू हाबी हुने कुरा गर्‍यौं। आज कैयौं कुरा सान्दर्भिक नहोला । आज फेरि पुरानै कुरा दोहोर्‍याउन लागे भन्ने होला। त्यो अवस्थामा जनतामा आक्रोश थियो। असन्तोषहरू थिए ।

त्यो सबै हाम्रै नयुवाहरूले गरेका हुन् वा के हो भनेर प्रश्न त उठेकै छ नि ! झन्डै दुई तीन दिन राज्यविहीन बन्ने अवस्था हाम्रा सबै राज्यका निकाय फेल हुने अवस्था कसरी भयो त? जेनजी आन्दोलनकारीहरू २३ गते कार्यक्रम सिद्धियो भने फर्किएपछि घटना भइरहेको छ।

अघिल्लो दिनको हत्या शृङ्खलाले आक्रोश स्वाभाविक कुरा हो। ओलीजीले भनेको जस्तो पनि होइन तर त्यसपछि चार पाँच घन्टामा राजीनामा दिइसकेपछि, सरकारको विस्थापन गर्न खोजेको, सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने प्रधानमन्त्री, गृहमन्त्री नभइसकेपछि, अब विकल्प खोज्नुस् भनेको बेला पनि त्यत्रो तोडफोड, आगजनी, विध्वंस कसरी भयो त ?

यसबारे दुईखाले जवाफ हुनसक्लान्- तत्कालीन र दीर्घकालीन । हामी आजभन्दा ८ वर्ष अगाडि फर्कौं । २०७४ सालको वाम गठबन्धनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको वाचा गरेर दुई तिहाइ नजिकको जनमत पायो। तर, पार्टी एकता भङ्ग हुँदा जनताको आशामाथि तुषारापात भयो। निरास र आत्तिएका जनताले विकल्प खोज्दा आज नयाँ परिस्थितिमा छौं । आजको अस्थिरताको जिम्मेवारी तपाईंहरूको नेतृत्वले लिनुपर्छ कि पर्दैन?

जिम्मेवारी त हामीले लिनैपर्छ। वामपन्थीहरूको दुई तिहाइ बहुमत पहिलो पटक आयो, त्यसलाई राम्रोसँग सञ्चालन गर्न सकेनौं। मूल रूपमा मूल नेतृत्वले नै लिने कुरा भो, तर त्यहाँ हामी पनि जिम्मेवार थियौं। समृद्धि र रोजगारी लगायतका कुरा जनताले चाहेका थिए ।

पार्टी एकता भंग भएपछि स्थायित्व पनि हुँदैन, विकास पनि हुँदैन भन्ने कुराले मध्यम वर्गको ठूलो हिस्सा निरास बन्यो । त्यही रिफ्लेक्सन २०७९ सालको चुनावमा देखियो। नयाँ दलहरू आए जसको विचार, इतिहास, भिजन, संगठन केही छैन । अचानक उम्रेजस्तो भयो मान्छेहरू आश्चर्यमा पर्ने जस्तै ढंगले आयो।

यही महसुस गरेर हामीले प्रचण्ड नेतृत्वको १८ महिना सरकारले अब निर्ममतापूर्वक राज्यलाई शुद्धीकरण गरेनौं भने, पार्टी र नेताहरू सुशासनमा उभिएर काम गरेनौं भने अब युवाहरू शान्तिपूर्ण विद्रोह (ब्यालेटबाट) गरेर एउटा बाटो लिइसके, नतिजा मुल तीन पार्टीभन्दा बाहिर निस्किसक्यो। त्यसैले हामीले आफूलाई फेरी सान्दर्भिक बनाउनु पर्छ भनेर काम गरेकै हो। तर ती विभिन्न अप एण्ड डाउनमा हामी सरकार बाहिर भयौं। बाहिर पनि खबरदारी त गरेकै हो। छिमेकमा भएका घटनाहरूलाई पनि देखाउँदै, त्यस्तै हुनसक्छ भनेर एक वर्ष लगातार भन्यौं- ठिक हुँदैछैन ।

 नेतृत्वपंक्तिलाई हामी राजनीतिक, वैचारिक भूमिका स्थापित हुनेगरी र नयाँ पंक्तिले पनि सँगसँगै नयाँ भूमिका लिनेगरी छलफल गर्छौं ।

स्वभाविक रूपले त्यो आक्रोश थियो। त्यसमा हाम्रा कमी थिए। पछि बनेको सरकार साथीहरूले आशा जगाउन सकेनन् । त्यो कमी कमजोरी थियो। मुख्य कारण यही हो। योभन्दा बाहिर गयो भने गल्ति हुन्छ। जनताको आक्रोश, असन्तुष्टि, निराशै थियो।

साथसाथै श्रीलंकादेखि बंगलादेशसम्म दुनियाँभरि चलिरहेका यति ठूलो भूराजनीति प्रतिस्पर्धाको हामी केन्द्रमा, संवेदनशील ठाउँमा छौँ। त्यो सन्तुलनहरू पनि मिलिराखेको थिएन। उत्तर, दक्षिण, पश्चिम विभिन्न कुटनीतिक सन्तुलन पनि जसरी मिलाउनु पर्थ्यो, यस्तो संवेदनशीलतामा मिलिराखेको थिएन।

तैपनि सबै शक्तिहरू चुपचाप बसेका थिए। कसरी विश्वास गर्नुहुन्छ ? नहोला, भोलि त्यो तथ्यले पुष्टि नगर्ला तर अहिले छानबिन चलिरहेका छन्, अध्ययन भइरहेका छन् ।

यसको भूराजनीतिक आयाम नै बढी थियो भन्ने हो तपाईंको?

बढी होइन, आन्तरिक आयाम मुख्य हो, भूराजनीतिक आयाम पनि सँगसँगै थियो। अरूलाई गाली गर्न खोजेको होइन, भूराजनीतिक आयाम भनेर ।

२०७४ सालमा जुन विकास र स्थिरताको वाचा गरिएको त्यसमा तुषारापात हुँदा आज यो बढ्दै गयो भन्ने कुरा त तपाईं मान्नुहुन्छ ?

मूल कारण त्यही नै हो । भूराजनीति भनेर कसैलाई दोष दिने होइन । अरूले त गर्छ आफ्नो नेसनल इन्ट्रेस्टमा । छिमेकीहरूले, टाढाकोले आफ्नो राष्ट्रिय स्वार्थमा चलखेल गर्न खोज्ला । तर हामी राजनीतिक स्थायित्व, आफ्नो जनताको भावना र आकांक्षालाई सम्बोधन गर्ने, त्यसको लागि भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि र आफ्नो राजनीतिक स्थिरता कायम गर्ने जिम्मा हाम्रो हो। यो कुरा फेरि हामीले महसुस गर्नुपर्छ।

हामी मात्रै थियौं, होइन अरू छन्। अरू कतिखेर खेल्छ ? तपाई आफू घरभित्र कमजोर भएपछि । त्यसैले घर बलियो बनाउनु पर्‍यो भन्न खोजेको हो ।

विभिन्न धारहरू (दश समूह) मिलाएर बनाइएको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले तपाईंले भनेको घरलाई बलियो बनाउन सक्छ?

अहिले हामीले विभिन्न धारामा विभाजित भएका नेता र कार्यकर्ताहरूलाई एकठाउँमा ल्याएका छौं। स्वभाविक रूपमा १० वटा समूह लिंदा नेताहरू धेरै देखिन्छन् । अरू दर्जनौं नेताहरू पनि छन् । हाम्रा आ-आफ्ना पृष्ठभूमि छन्। २०२८ सालतिर केन्द्रीय न्युक्लियस भनेर सुरु भएको थियो। पछि चौथो महाधिवेशन भयो। मसालको विभिन्न शृङ्खला हुँदै एकता केन्द्र बन्यो, माओवादी बन्यो। फेरि नेकपा हुँदै माओवादी बन्यो – यो एउटा धारा हो । यसको वरिपरि पनि ठूलो इतिहासको ५०औं वर्षको आरोह अवरोह छ ।

अर्को, झापा आन्दोलन/विद्रोह, कोके हुँदै २०४६-४७ पछि एमाले हुँदै सशस्त्र र शान्तिपूर्ण संघर्षको अनुभव सहित आएको पचासौं वर्षको अनुभव भएको अर्को शक्ति छ। यी दुईटा मुख्य शक्ति रहे । त्यसपछि २०२५ सालतिर कमरेड पुष्पलालको नेतृत्वमा गोरखपुर सम्मेलन हुँदै आएको शृङ्खला छ ।

चौथो, मधेशकिरातलिम्बुवान, जनजाति, थारू लगायतका राष्ट्रिय आन्दोलन (पहिचानको आन्दोलन) का धारहरूलाई पनि समेटेका छौं। यो सबैलाई एकताबद्ध गर्दा विभिन्न चेहरा देखिन्छन्देखाउनुपर्छ । मूल कुरानेपाली कम्युनिस्ट पार्टीले लोकतान्त्रिक आन्दोलनराष्ट्रियताको आन्दोलन र सुशासन तथा समृद्धिको आन्दोलन तीनै कोणबाट नेतृत्व लिनुपर्नेछ । विभिन्न पुस्ताका नेताहरूको तालमेलबाट नेपालको राजनीतिलाई निकास दिन सक्छौं भन्ने हाम्रो आशा हो।

८ वटा समूह मिलाउँदा रंगीचंगी स्वरूप देखिन्छ । यो एउटै धारा प्रवाहमा हिंड्न खोजेको हो अथवा यसको अस्तित्व जोगाउनु बाहेक अरू केही प्रयोजन छ ? 

नेपालमा रहेका विविधतालाई प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू छन् । मूल रूपमा कम्युनिस्ट, वामपन्थी शक्तिहरूकै धारा प्रवाह हुन् । यो सबैलाई लिएर हामी फेरी नयाँ अन्तरघुलनबाट नेपालको कम्युनिस्ट, वामपन्थी, स्वयं लोकतान्त्रिक आन्दोलनको एउटा मूलधार बनाउन खोजेको हो । त्यो सम्भव छ।

तपाईंहरू हुन चाहिँ खासमा के हो? गुन्डु धाइरहेका झलनाथलाई पलायनवादी भन्नुहुन्थ्यो । फर्कि आएपछि वामपन्थी भइहाल्नुभयो !

हामी कम्युनिस्टहरू अलिअलि धेरै जार्गन प्रयोग त गर्छौं। पुराना पुस्ताका लिडरहरूको वैचारिक ‘बेस’ राम्रो छ। हामी पनि त्यही पृष्ठभूमिमा हुर्किएकोले त्यसले नछोड्दो रहेछ । एकातिर हामी मार्क्सवादलाई समाज विज्ञान र वैज्ञानिक चिन्तन रूपमा ग्रहण गर्ने, त्यो जीवन दर्शनलाई ग्रहण गर्ने, आफ्नै जीवन र समाजमा प्रयोग गर्ने हो । आफ्नो परिवेशमा यसलाई विकास गर्ने पनि हो।

अन्यत्र जसरी बुझियो, नेपालीमा त्यसरी नै कार्यान्वयन हुँदैन । बहुजाति, बहुभाषा, बहुसंस्कृति लगायतका विविधता छ । त्यो ठाउँमा आउँदा मार्क्सवादलाई विकास गर्नुपर्छ। यसलाई कोही नेताको आलोचना भन्दा पनियसलाई आफ्नो सन्दर्भको विशेषता सहित विकास गर्नुपर्छ। 

उहाँ केपी ओलीसँग मिलेको भए त पलायनवादी, विसर्जनवादी नै हुनुहुन्थ्यो नि ? रातारात यस्तो भाष्य कसरी बदलिन्छ ? 

तपाईं कहाँ बसेर त्यो कुरा हेर्दै हुनुहुन्छ भन्ने कुरा हो। पूर्वतिर फर्किंदा केही देखिनसक्छ । पश्चिमतिर फर्किंदा अर्कै । मूल पक्ष सकारात्मक हो भन्ने कुरा हामीले लिनुपर्छ।

कतिसम्म सकारात्मक हुने ? जस्तो बीचमा प्रचण्डले विप्लवसँग मिल्ने, जनार्दनलाई पनि मिलाउने भन्नुहुन्थ्यो । घनश्याम भूसालहरूसँग छलफल चलिरहेको थियो। तर उहाँहरूले फेरी वृद्धतन्त्रलाई नै एकगठ गराउनु भयो। तपाईंहरूले पनि अहिले ‘जेनेरेसनल सिफ्ट गर्ने बेला भएको छैन, तपाईहरू नै खानुस्’ भनेर छोड्नु भयो। भएको त यही हो नि ?

विप्लवजी, घनश्यामजी, जनार्दनजीहरूले पनि छलफल गर्नुभएकै हो। हामीले पनि छलफल गरेकै हौं। नेतृत्व भन्ने कुरा हाम्रो मात्रै सन्दर्भ होइन, समकालीन अरू पार्टीहरू भित्रको बहस पनि हो। त्यसैगरी समकालीन विश्वभरिको पनि हो। 

कुनैबेला बाराक ओमामा, डेभिड क्यामरूनहरू ४०-४२, ४६ वर्षमा विश्व नेता भएका थिए। भारतमा राजीव गान्धी थिए, विश्वभरि युवा नेताहरू र नेपालमा प्रचण्डहरू । चीनमा पनि त्यस्तै थियो । अहिले बिस्तारै फेरि विश्वलहर पाका वृद्ध नेतातिर फर्कियो। कि बाइडेन कि बुढो ट्रम्प । छिमेक भारत र चीनमा पनि ७० नाघेकै नेताहरू ।

उनीहरू त निर्वाचित भएर आइरहेका छन् नि त ? 

यहाँ पनि निर्वाचन वा स्वीकार्यताबाटै आइराखेका न हुन् । 

तपाईंहरुको महाधिवेशनमा के भइरहेका छन् त, पछिल्ला महाधिवेशनहरू सम्झिनुस् त?  

महाधिवेशनमा हामी छलफल, सहमति या निर्वाचनबाटै त आइरहेका छन् त नेताहरू ।  कि त कसैले प्रतिस्पर्धा गर्छु भने चुनाव हुन्छ। गरेन भने सर्वसम्मत हुन्छ, निर्विरोध हुन्छ। 

विश्व प्रवृत्तिको कुरा गरिरहँदा ओलीले पनि यही दाबी गर्नुहुन्छ । प्रचण्डलाई भित्रैबाट यही लाग्छ । तपाईंहरू पनि यही भन्नुहुन्छ । विकास समृद्धि र डेलिभरीको प्रतिस्पर्धामा हामी कहाँ छुट्यौं छुट्यौं । मान्छेलाई त छटपटि छ नि ? 

हो । यसमा हामीले केही कुरामा जवाफ दिनुपर्छ । प्रचण्डकै कुरा गर्दा पनि, पञ्चायतको विरुद्धको सन्दर्भमा उहाँ सानो पार्टीको नेता हुनुहुन्थ्यो। २०४६ सालको जनआन्दोलनपछि अलि एकता र ध्रुवीकरणको चरण आयो। त्यसपछि हामी सीधै युद्धमा गयौँ। युद्धमा स्वभाविक रूपले नेतृत्व परिवर्तनभन्दा पनि जति सक्यो बलियो बनाउने नै हुन्छ।

त्यसपछि हामी शान्ति प्रक्रियामा आउँदा, हतियार व्यवस्थापनको कुरा, संविधान लेखनजस्ता ठूला-ठूला एजेन्डाहरू थिए। ती बेला नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भन्दा पनि बढी त, ती कामहरूलाई पूर्णता दिने कुरा महत्त्वपूर्ण हुँदो रहेछ। 

हामीले खोसेर, जबर्जस्ती पुरानो पुस्तालाई अपमानित गरेर नेतृत्व लिनुपर्छ भन्ने होइन, समझदारीबाटै, विश्वासबाटै गर्नुपर्छ भन्ने हो। महाधिवेशनसम्म हामी त्यो वातावरण बनाउँछौँ।

हो, अहिले स्वभाविक रूपले जेनजी आन्दोलन पनि भयो। त्यसअगाडि नै कमरेड प्रचण्डले अब नेतृत्वबारे बहस गरौँ भनेर बारम्बार भनिराख्नु भएको थियो। यी सबै सन्दर्भमा नेतृत्वबारेको बहस प्रारम्भ भएको छ, यसलाई सकारात्मक रूपले लिएका छौँ। प्रचण्डले एकताको बेला पनि भन्नुभयो, हामी पनि भनिराखेका छौँ। हामीले खोसेर, जबर्जस्ती पुरानो पुस्तालाई अपमानित गरेर नेतृत्व लिनुपर्छ भन्ने होइन, समझदारीबाटै, विश्वासबाटै गर्नुपर्छ भन्ने हो। महाधिवेशनसम्म हामी त्यो वातावरण बनाउँछौँ।

अनि झलनाथलाई के भनेर मनाउनुभयो ? 

विचार मिल्थ्यो, प्रवृत्ति मिल्थ्यो। हिजो पनि सँगै काम गरेको हो। अहिले पनि सम्मान, सोच र सङ्गत यहीँ मिल्छ भनेरै हो, अरू त के हुने हो र !

विगतमा माओवादीमा जहिले पनि दुईटा प्रश्न रहिरह्यो: प्रचण्डको लागि वर्षमान पुन कि जनार्दन शर्मा? सायद उहाँको मनमा दुविधा पनि थियो । अहिले प्रचण्डले त्यो दुविधा निरूपण गरेर तपाईंसँग अगाडि बढ्ने विचार गर्नुभएको हो?

त्यसो होइन। हरेक बेला दुईटा त भइहाल्छ । अर्को कोही होला नि त। नेतृत्वले त्यसरी दुई बनाएर खेल्यो भन्ने पनि बेठीक हुन्छ, दुविधामा बस्यो भने पनि बेठीक हुन्छ। व्यक्तिअनुसार फरक क्षमता र रुचिहरू हुन्छन् । क्षमता, रुचि, आवश्यकताहरू । कहिले कुन अवस्थाको नेतृत्व भन्ने हुन्छ।युद्धको बेला एक खालको नेतृत्व हुन्छ ।  

प्रचण्डको त त्यही हो नि त फेरि । कि त मोहन वैद्य र बाबुराम भट्टराई हो, कि सीपी गजुरेल र अर्को नेता हो, हैन? जहिले पनि उहाँको एउटा ट्रेन्ड देखिन्छ। माओवादीका एकनेताले मलाई सुनाउनुहुन्थ्यो, ‘प्रचण्ड त यस्तो अन्तरविरोधमा खेल्न यति सारो माहिर हुनुहुन्छ कि उहाँले त आफ्नै दुईटा नातीलाई पनि को हजुरबाबुसँग सुत्छ भनेर लडाइँ दिनुहुन्छ एक आपसमा ।’

यो अलि बढी नै हो।

हो के भने स्वभाविक रूपले, आखिर प्रचण्ड कमरेडले लिएको नै क्रान्तिकारी र वस्तुगत लाइन हो भन्ने त पुष्टि भयो नि तथ्यले। मोहन वैद्यजी अलि ‘लेफ्ट-लेफ्ट’तिर, अलि ‘डग्मा-डग्मा’तिर त गएकै हो । पार्टी आन्दोलन बनाउन सक्नु भएन। बाबुरामजी अलि ‘राइट-राइट’तिर जानुभयो, उहाँले त्यहाँबाट आन्दोलन बनाउन सक्नु भएन । सानो-ठूलो जे होला, आखिर प्रचण्डले लिएको लाइन नै सही भयो ।

अडान सही भयो कि भएन भनेर त इतिहास, घटना, परिणाम हेर्ने हो। किरणजी ठिक हो भने त आन्दोलन बनाउनु हुन्थ्यो, उहाँको पछि सबै लागि सक्थ्यौँ। बाबुरामजी ठिक हो भने आफ्नो विचारअनुसार ट्राइ गर्नुभयो, त्यो सक्सेस हुन्थ्यो, त्यता जान्थ्यौँ होला । त्यसरी मूल रूपले अहिलेसम्म सफल घटनाले प्रचण्ड कमरेडलाई नै देखाउँछ।

तर फेरि प्रचण्डको कमजोरी छैन, दूधले नुहाएको हो अथवा हामी कोही नेताहरू त्यस्ता छौं भनेर हेर्‍यो भने त्यो वस्तुगत हुँदैन। नेताहरूमा गुण-दोष सबै हुन्छ, त्यही रूपमा बुझ्नुपर्छ, मान्छेको रूपमा बुझ्नुपर्छ ।

जनार्दन शर्मा, घनश्याम भूसाल र विप्लव जस्ता नेताहरू अहिलेको यो कम्युनिस्ट पार्टी एकतामा जोडिने सम्भावना कत्तिको देख्नुहुन्छ?

सम्भावना छ, भइराख्छ। किनभने हिजो हामी २०७० सालको दोस्रो संविधानसभामा किरणजीहरूले (वैद्यजीहरूले) बहिष्कार गर्नु त सामान्य होइन नि त? ज्यानै लिनेसम्म, बम पड्काउने, बन्दुकै प्रयोग गर्नेसम्म भएको हो नि त, तत्कालीन माओवादीसँग। तर पछि हामी सहज रूपले विचार मिलेपछि एक ठाउँमा आयौँ।

२०७४ सालमा विप्लवजीले मलाई, जनार्दनजी र अध्यक्षलाई झन्डै सिध्याउनुभएको थियो किनभन्दा उहाँले त्यही लाइन लिनुभएको थियो । मान्छेको विचार, प्रवृत्ति यिनीहरूलाई नसिध्याएर, नरोकेर मेरो आन्दोलन जान्नँ भन्ने कारणले होला । अहिले फेरि कसरी आउनु भने, अब यही प्रचण्डले या हामीहरूले लिएकै लाइनमा चुनावबाटै जाऔँ, शान्तिपूर्ण रूपले भनेर । यसरी अहिले फेरि ठ्याक्कै मिल्यो नि । 

विगतका घटनाहरूको समीक्षा त हुन्छन्, कहाँ कमी गर्‍यौँ भनेर, तर मूल कुरा त आजको कुरा न हुन्छ। पूर्वतिर जाने कि पश्चिमतिर? आजको कुरा मिल्यो भने सङ्गत मिलिहाल्छ। सङ्गत मिल्नेबित्तिकै इतिहासहरू त विस्मृतिमा जान्छन्, कहिले समीक्षामा जान्छन्। हिजो मलाई यसो भनेको भनेर त आजको दिन चल्दैन ।

तर तपाईंहरूले त माओवादीमा विप्लवलाई महासचिव बनाऔँ भनेर प्रचण्डले अगाडि बढाउन खोज्दा रोकेकै हो नि?

होइन। विप्लवजी, जनार्दनजी, घनश्यामजीहरू ‘आज मिलौं, हामी एकताबद्ध हौँ, अनि नेतृत्वबारे बहस गरौँ’ भन्यौं, कुरा मिलेन । उहाँहरूले ‘आजै आफ्नो बाटो लागौँ’ भनेपछि मिलेन। तर भोलि फेरि उहाँहरू पनि यदि कम्युनिस्ट भइराख्ने, वामपन्थी भइराख्ने, जनताकै मान्छे भइराख्ने हो भने भेट हुन्छ । 

तपाईंले अब यस्तो खालको छलफलमा जहिले पनि ‘इग्नाइटिङ फोर्स’ भएर सबैलाई एक ठाउँमा लिइराख्नुभएको हुन्छ। घनश्याम भूसाल त तपाईंको एकदम नजिकको मित्र पनि हुनुहुन्छ, कसरी अलग छोड्नुभयो यो यात्रामा उहाँलाई?

उहाँ एकदम मिल्ने साथी, मन पर्ने साथी पनि हो। नेकपा बन्नुअगाडि पनि, नेकपा बनिसकेपछि पनि, नेकपा पछि पनि, अहिले एकता कोसिस गर्दा पनि मैले नजिकबाट धेरै काम र सहकार्य गरेँ। उहाँ एउटा राम्रो वैचारिक नेता, विश्लेषक, राम्रो मान्छे … तर उहाँ राजनीतिक नेता र सङ्गठक होइन रहेछ भन्ने मेरो निष्कर्ष हो।

सङ्गत मिल्नेबित्तिकै इतिहासहरू त विस्मृतिमा जान्छन्, कहिले समीक्षामा जान्छन्। हिजो मलाई यसो भनेको भनेर त आजको दिन चल्दैन ।

किनभने हिजो ओली प्रवृत्तिविरुद्ध सबैभन्दा धेरै लड्ने उहाँ… ओली छोड्ने बेला उतै बस्नुभयो। त्यहीँ बसेर आज ती साथीहरू लडिराख्या छन् कयौँ त। उहाँ फेरि छोडेर चुनावमा आउनुभयो । चुनावको बेला माओवादीको या समाजवादीको चुनाव चिन्ह प्रयोग गर्नुस् भन्यौं । हैन म स्वतन्त्र लड्छु भन्नुभयो।

तपाईंहरूले माओवादीको चिन्ह प्रयोग गर्नुस् भन्नुभएको हो?

हामीले माओवादी या समाजवादीको (कलम) भएपनि प्रयोग गर्नुस् भन्नुभएको थियो तर उहाँ स्वतन्त्र उठ्नुभयो। त्यसपछि फेरि समाजवादीमा अध्यक्ष हुन खोज्नुभयो । महासचिवमा माधवजी र अरू साथीहरूले स्वागत गर्नुभयो । राम्रै गर्नुभएको थियो। अध्यक्ष उठ्न त मैले सुझाव त हार्दिकतापूर्वक दिएकै हो । मैले भनेँ– कमरेड, हिजो यो पार्टी यसरी दुःखको बेला माधव नेपाल कमरेड लगायत नेताहरूले बनाउनुभएको हो।

उहाँले सहज रूपले कन्भिन्स भएर नेतृत्व हस्तान्तरण गर्नु राम्रो । कम्पिटिसन गरेर ‘कब्जा गर्छु’ भन्दा त्यति नैतिक ग्राउन्ड छैन है तपाईंको। किन? यो बनाउँदै गर्दा, दुःखको बेला तपाईं त एमालेतिर हुनुहुन्थ्यो, उताको महाधिवेशन हुनुहुन्थ्यो। त्यहाँ हारेपछि यता आउनुभन्दा मान्छेले राम्रो मान्दैन नि! त्यो भनेकै थियो। सायद त्यो पिर मान्नु हो कि ?

अहिले फेरि यो सबै कुरा बिर्सिएर एकै ठाउँमा आउनु त, यहाँ बहस गरौँ भन्दा फेरि सानो चुलो बनाउनु भयो । मलाई के आश्चर्य लाग्यो भने, उहाँजस्तो बुझेको मान्छेले त यो त कयौँ कुरा त हुन्छन्, छलफल हुन्छ। सानो ठाउँमा छलफल पनि त्यही हो। माधव कमरेडसँग मतभेद थियो भने त प्रचण्ड कमरेडसँग छलफल, अरू ठूलो घेरा बनाएर छलफल गरे हुन्थ्यो भन्ने अनुरोध गरेको हो, अझै पनि अनुरोध छ।

त्यसो भएर ठ्याक्कै ठोस अवस्थामा निर्णय गर्न अलि हिचकिचाउने, अलि नसक्ने रहेछ। त्यो नेतामा हुने क्वालिटी हुन्छ नि, कहिलेकाहीँ ‘एन्टी करेन्ट’ जाने हुन्छ नि । अप्रिय हुन्छ, मास एकातिर गइरहेको हुन्छ। त्यतिखेर पनि सही कुरामा उभिन नेतृत्व क्वालिटी हुनुपर्छ । त्योभन्दा एउटा विश्लेषणको क्षमता देखिने, निर्णय क्षमता अलि कम हो कि जस्तो लाग्छ। यो आरोप होइन । 

घनश्याम भूसाल अलि सैद्धान्तिक व्यक्ति हुनुहुन्छ। विश्लेषण गर्नुहुन्छ। तपाईंको यो गठजोडमा उहाँले नेपाली वामपन्थीहरूको वैचारिक रूपान्तरणको छनक अलि कम देख्नुभयो कि?

त्यो पनि कुरा भयो हाम्रो। त्यसो भए ‘तपाईं नै आउनुस् न ल। बहस गरौँ’ प्रचण्डले भन्नुभयो, हामी सबैले भन्यौँ- ‘आउनुस्, तपाईंको वैचारिक शार्पनेस यहाँ काम आउँछ। सानो एक्लै घेरामा के हुन्छ र? यति ठूलो १०-१० पार्टीको बीचमा आउनुहोस्, छलफल गरौँ, बहस गरौँ। खुल्ला रूपले, कहिँ पनि बन्देज हुँदैन। धेरैले आवाज सुन्छ।

यो ठूलो पार्टीलाई पनि धारिलो बनाउने काम हुन्छ’ भनेर पनि अनुरोध गर्‍यौं। तर उहाँले अहिले मान्नुभएन। हाम्रो आशा छ- हिजो एमालेमा बसेर पछि छोड्नुभए जस्तै, अहिले हामी एकताबद्ध हुँदा अर्को सानो बनाउनुभएको छ, ढिलो-चाँडो आउनुहुन्छ जस्तो लाग्छ।

तपाईंलाई के लाग्छ घनश्याम भुसाल, जनार्दन शर्मा, विप्लव— उहाँहरूले नेपालको यो छरिएको वामपन्थीहरू अथवा विशृङ्खलित भएको मनोविज्ञानलाई एउटा मालामा उन्न सक्नुहोला?

गाह्रो छ। जनार्दनजीले तर्क के गर्नुभयो भने ‘माओवादीले माओवाद छोड्यो, माओवादी पार्टी पनि छोड्यो’ भन्नुभयो, तर नाम सुरु के गर्नुभयो? ‘प्रगतिशील अभियान’। प्रगतिशील भनेको त सामान्य मान्छे, सामान्य अभियान हो नि। मार्क्सवाद, लेनिनवाद, माओवादको स्टेजको कुरा हो । जीवनमरणको सङ्घर्ष, दशौँ हजारको बलिदानबाट स्थापित आन्दोलनको कुरा गर्ने, जाँदा फेरि एउटा सामान्य ‘प्रोग्रेसिभ मुभमेन्ट’ भनेर । एकदम भनाइ र गराइ मिलेन।

गर्दा-गर्दा जस्तै अझै एउटा नयाँ भनिएका शक्तिहरूसँग पनि नेतृत्व माग्न गएको, अध्यक्ष भन्नेसम्म पनि आइरहेको छ। भनाइ र गराइ मिलेन। लेफ्ट मुभमेन्ट नै छोड्नुपर्छ । घनश्यामजी पनि, विप्लवजी पनि परीक्षित । १२ वर्ष भइसक्यो । उहाँ पनि त महासचिव हो, पार्टीको फर्स्ट लिडर भएको। मैले उहाँसँग पनि भनेँ- ‘पहाड सम्याउँछु, फाँड्छु, नेतृत्व दिनुस्’ भन्नुभयो। केही ठाउँमा बोलेर । अनि मैले भनेँ- कमरेड, तपाईंलाई यो गाह्रो छ नि! 

त्यो विप्लवलाई भन्नुभएको हो ? 

हामीले भन्दा हामी फर्स्ट लिडर नभएको हुनाले मिल्न सक्छौँ, तार्किक रूपमा । तर नैतिक रूपले गाह्रो पनि हुन्छ। किनभने २०औँ वर्ष नेतृत्वसँगै बस्दा सही-गलत सबै निर्णयमा सँगै प्रयोगमा छौँ। नैतिक रूपले गाह्रो होला। तर कानुनी तर्क गर्न पाइन्छ। तपाईं त कानुनी तर्क गर्न पनि पाउनुहुन्न। एक्लै १२ वर्षसम्म नेतै हुनुहुन्छ त? फाँट सम्झाउन, खाल्डो पुर्न, हिमाल चढ्न केले रोकेको थियो र नि? रोक्या थिएन। अझ ठूलो आन्दोलन बनाउ भने ठिक छ, स्वागत छ, एक ठाउँमा बसौँ।

घनश्याम कमरेड पनि महासचिव भएर हिँड्नुभएको हो । समाजवादीलाई योभन्दा राम्रो बनाउन केहीले रोक्दैन थियो । यसरी उहाँहरू कहिँ न कहिँ परीक्षित नेता नै हो। 

साथै, उहाँहरूले गर्न खोजेको के हो ? कम्युनिस्ट आन्दोलन हो भने, यहाँ ठूलो भइराखेको बेला किन नमिसिने? नेतृत्व हो भने सबैले फस्ट चाहेको हो भने कसलाई फस्ट मान्ने त नि तिनले? कसले कसलाई मान्ने? अप्ठ्यारो देखिन्छ। उहाँहरूको गन्तव्य अलि फरक-फरक जस्तो लागिरहेको छ । 

उहाँहरूको बीचको सहयात्रा पनि धेरै सहज देखिराख्नु भएको छैन?

धेरै अप्ठ्यारो देख्छु। किनभने विप्लवजी भन्नुहुन्छ ‘संविधान खारेजी र सर्वपक्षीय सम्मेलन’। जनार्दनजी र घनश्यामजी भन्नुहुन्छ ‘संविधान रक्षा, परिमार्जन’। कसरी मिल्छ?  हिँड्ने बाटो भोलि नै नमिलेपछि त … ।

अब राष्ट्रिय स्वाधीनतामाथि च्यालेन्ज आएको छ, भूराजनीतिक द्वन्द्वहरू बढेको छ। हामीले हाम्रो देशको स्वाधीनता, निर्णय क्षमता बचाउनुछ। अरूलाई गाली गरेर बस्ने होइन।

जनार्दन शर्मा चाहिँ कस्तो व्यक्ति हो ?

उहाँ अलि एग्रेसिभ मान्छे । काम, व्यवहार, आन्दोलनमा रमाउने मान्छे हो। त्यही नै मलाई आश्चर्य लागिरहेको छ। घनश्याम कमरेड बहस, तर्क, अहिले वैचारिक काममा रमाउने । अर्को चाहिं काममा । अनि कसरी मिल्छ जस्तो लाग्छ कहिलेकाहीँ।

दुवैलाई एकअर्काको कमी भएकोले मिल्छ होला नि त ?

त्यसो भए राम्रो, मेरो शुभकामना छ। त्यसैगरी विप्लवजी अलि ‘फर्स्ट लिडर’, अलि सबै लिडरशिप चाहिने, अलि महत्वकांक्षा भएको मान्छे। मान्छेको महत्वकांक्षी पनि चाहिन्छ। अब जनार्दनजी पनि फेरि ‘प्रचण्डले मलाई लिडरशिप दिनुभएन’ भनेको मान्छे ।

त्यो महात्वाकांक्षा कसरी पूरा हुन्छ होला? त्यसैले उहाँहरू तीनजना एक ठाउँमा आउने म बाटो देख्दिनँ। गठबन्धन, सहकार्य, मोर्चाहरू होला तत्काललाई, आफ्नो ठाउँमा विद्रोह गरेको हुनाले ।

यसअघि पटक-पटक गठबन्धन बनाउँदा तपाईं नै ती छलफलहरूको अगुवाई गर्दै सामेल हुनुहुन्थ्यो । यसपल्ट चाहिँ एमालेसँग तपाईंको कुरा भएन ? 

विभिन्न तहमा नेताहरू सबैसँगै छलफल छ। हामीले भनेको- जे-जे गल्ती भो, त्यसमा समीक्षा गर्दै गरौँला। अब राष्ट्रिय स्वाधीनतामाथि च्यालेन्ज आएको छ, भूराजनीतिक द्वन्द्वहरू बढेको छ। हामीले हाम्रो देशको स्वाधीनता, निर्णय क्षमता बचाउनुछ। अरूलाई गाली गरेर बस्ने होइन। 

अर्कोतिर, संविधानमाथि, लोकतन्त्रमाथि त च्यालेन्ज भयो, थ्रेट भयो । यसलाई बचाउँदै, परिमार्जन गर्दै जाऔं। त्यसको लागि निर्वाचनमा जाऔँ भनेर धेरै पटक छलफल भयो। धेरै नेताहरू तयार पनि हुनुहुन्छ, तर अन्तिममा निर्वाचनमा नजाने निर्णय भएपछि त अहिले केही मिलेन ।

त्यो त एमालेको शैली होला । निर्वाचनमा जाँदिनँ भन्ने, तर निर्वाचनको तयारी अन्ततः गरेर तपाईंहरूभन्दा छिटो-छिटो रातारात तयारी गर्ने !

हुन पनि सक्छ। उहाँहरू तयारी त गरिराख्नुभएको छ, तर त्यो दोधारे भयो ‍। निर्वाचन, शान्ति, यो सबै स्थितिहरूको सम्बोधन र संविधानका कमीहरूलाई समीक्षा गर्ने, एउटा समझदारी बनाउने, जेनजीले उठाएका सुशासन कति गर्न सक्छौँ- साझा धारणा बनाउने । संविधान त परिमार्जन गर्नैछ, त्योसम्बन्धी कुराहरूमा साझा धारणा बनाउने।

 हामी जिम्मेवार पार्टीहरू जिम्मेवार देखिन्थ्यो, नयाँ पुस्तालाई आशा जगाउन सकिन्थ्यो। सुशासनमा कति काम गर्न सकिन्छ ? यही कुरा आयो नि- नेतृत्व कति पटक गर्ने, मन्त्री कति पटक हुने, प्रधानमन्त्री कति पटक हुने ? यस्ता कुरामा हामी साझा धारणा बनाएर भोलि कानुनै बनाउँदै जाउँला । यस्ता कुरा बहस गरौँ, जसले हामी एकअर्कालाई सच्याउन, अगाडि बढ्न सजिलो हुन्छ भनेका थियौँ। त्यो कुरामा उहाँहरू त्यति तयारी भएको देखिएन।

किनभने निर्वाचनमा प्रवेश गरे यो कुरा बहस हुन्थ्यो, राम्रो हुन्थ्यो। बाटो अलि फरक भयो । हामी निर्वाचनतिर हिँड्ने, उहाँहरू चाहिँ पुनःस्थापनातिर। हो, निर्वाचन हुन सकेन भने जनताले आफैँ कुनै पनि बेला पुनःस्थापना माग गर्न सक्छ। हाम्रा संवैधानिक अङ्गहरू छन् जसले आफैँ समीक्षा गर्न सक्छ। देश त भ्याकुममा बस्दैन। त्यो योभन्दा खराब स्थितिमा संविधानविहीनतातिर जान्छ कि संविधान फेरि ट्र्याकमा आउँछ ? अहिलेको हकमा राजनीतिक सङ्क्रमणलाई व्यवस्थापन गर्न शान्ति, स्थिरता, स्थायित्व भनेको निर्वाचनमार्फत हो। 

तपाईंहरूले त संसद् पुनःस्थापनाको उद्देश्य राखेर हस्ताक्षर अभियान चलाइराख्नु भएको त होइन नि?

छैन छैन, हामी किन चलाउँला ! ‘फ्रेस म्यान्डेट’ ले मात्रै अहिले सबै भावनाहरूलाई अभिव्यक्त गर्न सक्छ। 

तर फ्रेस म्यान्डेटको लागि निर्धारित समयमा चुनाव हुँदैछ? 

के विकल्प छ त? अहिलेको सरकारले पाएको निर्वाचनको म्यान्डेट हो, एक। दोस्रो, हाम्रो संविधान अनुसार पहिलो र दोस्रो संसद्को बीचमा ६ महिनाभन्दा बढी ग्याप राख्न पाइँदैन। विघटन भएको २८ गते हो । संविधान र कानुन बुझेका मानिसले सर्छ भनेका छन् । तर सर्दैन। सर्‍यो कि अब संविधानको थप उल्लङ्घन हुन्छ। 

यो सरकारले चुनाव नगराउँदा पुनःस्थापनातिर जान्छ । पुनःस्थापनाले फेरि जेनजीका मागहरूलाई प्रयोग गर्दै अर्को ठाउँमा पुग्छौं । कि योभन्दा खराब अवस्था संविधान पूरै खारेजीतिर जान्छ। त्यसो हुँदा चुनाव गराउनै पर्छ। चुनाव बाहेक अर्को बाटो छैन, शान्तिको लागि र अहिलेका आन्दोलनका भावनाहरूलाई संस्थागत गर्नको लागि फ्रेस म्यान्डेट आवश्यक छ।

नयाँ परिस्थितिमा बनेको यो सरकार र यसको कामलाई चाहिं कसरी हेरिराख्नुभएको छ? पटक पटक सरकारमा बसेर तपाईंले यसको आन्तरिक काम पनि हेर्नुभएको छ।

सरकार साह्रै कमजोर धरातलमा बन्यो। आन्दोलनको हिसाबले जेनजी आन्दोलनपछि बनेको तर जेनजीले पनि आफ्नो छान्दैन। त्यहाँ न जेनजीको प्रतिनिधित्व न भावना । राजनीतिक दलहरूले ‘नागरिक समाज निर्वाचन गराउनुस्, हामी सहयोग गर्छौं’ भनेका थियौं।

राजनीतिक दलसँग पनि जति सौहार्दता/हार्मोनी कायम गर्ने हो, डराएको जस्तो, पन्छेको जस्तो, टाढा बस्न खोजेको जस्तो देखाउने, यसको जग छैन। किनकि राजनीतिक दलहरू भनेको लोकतन्त्र, राष्ट्रियता र सबै परिवर्तनको पनि जग हुन्। आजको पार्टी/नेतृत्व बेठीक भए अर्को राम्रो पार्टी/नेतृत्व आउला तर पार्टीभन्दा बाहिर त हुँदैन। 

हाम्रो जस्तो लोकतान्त्रिक समाजमा दलहरूलाई माइनस गरेर केही पनि हुँदैन । सम्भव छैन । त्यसैले, पछिल्लो समय प्रधानमन्त्री/मन्त्रीहरूले अन्तरक्रिया गर्नुभएको छ। तर, यसको जग कमजोर छ। हामी सबैले यो सरकारलाई सहयोग गर्नेनिर्वाचनतिर जाने नै मुख्य काम हो । सक्दा यहाँ सुशासनका काममा जति सक्छ सुधार गरोस्। तेस्रो, दैनिक प्रशासनलाई चुस्तदुरुस्त ढङ्गले चुनाव हुने वातावरण बनाउनेमा काम गरोस् ।

हामीले भनेका थियौं- सकेसम्म संसद्बाटै सरकार बनोस्। अहिलेसम्म प्रधानमन्त्री/मन्त्री नभएकाहरू राखेर, सँगै जेनजीको प्रतिनिधि, विज्ञ, नागरिक समाजका राखेर त्रिपक्षीय सरकार बनाएर अहिले जेनजीले उठाएका सुशासन, संविधान संशोधन लगायतका कैयौं विषयमा काम गरौं र ६ महिनाभित्र चुनावमा जाऔं । त्यसो गर्न सकेको भए असाध्यै राम्रो हुन्थ्यो। जेनजीका भावना पनि सम्बोधन हुन्थ्यो। देश चुनावतिर जान्थ्यो । त्यो भएन। 

हामीले भनेका थियौं- अहिलेकै प्रधानमन्त्री हुने भए पनि ठिक छ तर उहाँ संसदबाट अनुमोदित हुनुपर्छ । सँगै, जेनजीले उठाएका माग संविधान संशोधन गरेर, कानुन बनाएर अहिले सम्बोधन गर्न मिल्नेलाई गरौं, अरू दैनिक काम नगरौं र चुनावमा जाऔं । 

यो दुइटै गर्न पाएको भए जेनजी खुशी र आश्वस्त हुन्थ्यो, हामीले बलिदान गरेर यति कुरा सुधार भयो भन्ने ग्यारेन्टी हुन्थ्यो। संसद छैन । त्यसैले अहिले त्यो कमजोरी/गल्ती भइसकेको छ। अब छिटोभन्दा छिटो संसद् लिने र जेनजीका भावना अनुसार देशलाई लैजाने हो। अहिले गर्न सकिने दलहरूलाई विश्वासमा लिने, संवाद गर्ने र जेनजीहरूलाई पनि संवाद गरेर उनीहरूका भावनाहरूलाई अहिले अधिकतम दलहरूले बोक्ने हो । हामी शासकीय सुधार के गर्छौं, संवैधानिक सुधार के गर्छौं, सुशासनमा के काम गर्छौं, रोजगारीका काम, स्वास्थ्यका काम, त्यसलाई के गर्छौं भनेर जो आए पनि भोलि गर्ने गरी समझदारी बनाउने बाहेक अर्को बाटो छैन।

यसपालिको चुनावी घोषणापत्र, प्रतिबद्धताहरूमा जेनजीको भावना रिफ्लेक्ट हुन्छ? 

राख्छौं हामी। अहिले जेनजीको अरू ढङ्गले माग पूरा नहुँदा हामी जेनजीका विभिन्न घटकहरूसँग कुरा गरेका छौं। हामी जेनजीका भावना अनुसार संविधान संशोधनका कुरा, शासकीय स्वरूपका विषयमा, सुशासनका विषयमा, पुरानो लिडरसिप/नयाँ लिडरसिपका आलोपालो थुप्रै कुराहरू राख्छौं। 

कहिलेकाहीं डर चाहिं के लाग्ने हो भने, तपाईंलाई बरू माओवाद छोड्न तयार हुने, बरु जबज अथवा के के छोड्नुपर्छ छोड्न तयार हुने, तर रूपान्तरण र पुस्तान्तरणको लागि तयार नहुने- आफ्नो पद चाहिं नछोड्ने, बाँकी के के छोड्नुपर्छ छोड्ने।

होइन, हामी छोड्छौं । हामी जेनजीसँग प्रधानमन्त्रीकहाँ कुरा हुँदा पनिअलग्गै हुँदा पनि भनेका छौं– सकेसम्म हाम्रोमा आऊएजेन्डा मिलाएर जाऊँ।

कसलाई भन्नुभएको ? 

जेनजीका विभिन्न घटकसँग कुरा भएको छ। बालुवाटारमा पनि भनेकोबाहिर हामी अलग्गै पार्टीहरूसँग पनि छलफल भइरहेको छ ।  

तपाईंले जेनजीका अगुवाहरूलाई भेट्नुभएको छ

छ । मैले मात्रै होइन, प्रचण्ड र माधव कमरेडले पनि भेट्नुभएको छ । केही मानिसहरू यसबीचमा प्रवेश पनि गरेका छन् ।  

उनीहरूको कुरा सुन्दा तपाईंलाई के लाग्छपहिला हामीले जे कुरालाई राजनीति/राज्य सञ्चालन भनेर बुझ्थ्यौं र उनीहरूले जसरी बुझ्छन्कतिको तालमेल मिल्दो रहेछ?

जेनजीको मूल खुशी लाग्ने कुरा, धेरैजसोले संविधान र प्रणालीको रक्षा गर्ने कुरा गर्नुहुन्छ। र, त्यसको सुधार- प्रणाली फेर्ने, संविधान फेर्ने एकथरीले कुरा गर्छन्, त्यो होइन। संविधानभित्रै, प्रणालीभित्रै रहेर यसलाई सुधार गरौं र गरिखाने खालको, सबैको पहुँच हुने खालको डेलिभरीमा, सिस्टममा उहाँहरू बढी हुनुहुन्छ।

त्यो आज हाम्रो कमी भएकै हो। सिस्टम बसाल्नुपर्थ्यो, बसाल्न सकिराखेका छैनौं। आर्थिक विकास, समृद्धि, सबैले अवसर पाउने वातावरण पनि बनिरहेको छैन। र खासगरी भ्रष्टाचार नियन्त्रण लगायतका कुराहरूमा काफी उहाँहरूको कन्सर्न देखिन्छ।

र, नयाँ नेतृत्व कसरी लिने, अवसर पाउनुपर्‍यो भन्ने नै हो। त्यो हामी फेरि एउटा सिस्टममा, निर्वाचन प्रक्रियामा पनि उठाउँछौं। हामी आफ्नै पार्टीमा पनि त्यो बहस सुरु गर्दै एउटा सिस्टम बसाल्ने अधिकतम कोसिस गर्छौं।

एमालेका अध्यक्षले जेनजी आन्दोलनलाई प्रतिक्रान्ति हो भन्नुभएको छ। तपाईंको दृष्टिमा यो के हो?

यो त ठूलो आन्दोलन हो। जमिरहेको पोखरीलाई भत्काएर एउटा चलायमान बनाएको छ। यसका पछिल्ला दिनका घटनामा घुसपैठ पनि छन्, विध्वंस पनि छन्। त्यसलाई अलग गरेर अध्ययन गर्नुपर्छ। तर मूल स्पिरिटमा समाजमा राजनीतिक अस्थिरताले पैदा गरेका असन्तोष छ । 

आर्थिक विकास भए पनि आसेपासे पूँजीवादले केही पार्टी, नेता, सरकार नजिकका केही प्रभावीहरूले मात्रै आर्थिक विकास, समृद्धि, काम, व्यवसाय गर्न सक्ने खालको सबै ठाउँमा मिलेमतो जस्तो देखिरहेको थियो। ‘गरिखान त देऊ, बराबर प्रतिस्पर्धाको ग्राउन्ड त बनाइदेऊ’ भन्ने थियो, यो सकारात्मक कुरा हो।

नयाँ नेतृत्व कसरी लिने, अवसर पाउनुपर्‍यो भन्ने नै हो। त्यो हामी फेरि एउटा सिस्टममा, निर्वाचन प्रक्रियामा पनि उठाउँछौं। हामी आफ्नै पार्टीमा पनि त्यो बहस सुरु गर्दै एउटा सिस्टम बसाल्ने अधिकतम कोसिस गर्छौं।

त्यसैगरी कैयौं हाम्रो संविधानले व्यवस्था गरेका कुराहरूलाई विस्तारै समीक्षा पनि गर्दै जानुपर्ने कुराहरू आए । जस्तै नेपोबेको कुरा उठे । समानुपातिकको कुरा गर्दा एउटा ‘क्रिमी लेयर’ सुरु भएको छ।

मेरो छोरीले जनजाति र महिला दुवै बाटो पनि पाउँछ, जनजाति/महिलाबाट गर्नुपर्दैन। किनकि म मन्त्री भएको मान्छे, मेरा छोराछोरीले काठमाडौंमा पढ्न पाए । 

तपाईंले भन्दा त मिठो सुनियो, तपाईंले भन्दा निकै प्रस्ट पनि सुनियो, तर कांग्रेस र एमालेका नेताहरूले जस्तै माओवादीका नेताहरूले पनि यो खालको ‘क्रिमी लेयर’लाई संरक्षण गर्ने र लामो समयसम्म आफ्नो स्वार्थअनुसार चलाएकै छ ? 

यसलाई संविधान, कानूनमा व्यवस्था गर्नुपर्छ। ठीक छ, समानुपातिक पाउने भने एक दुई पटक होला। त्यसपछि कुन लेबलकाले प्रशासनमा अरू ठाउँमा कस्ताका छोराछोरी, आफन्तले प्रतिस्पर्धा गर्ने ? त्यो तल्लो वर्गमा पुगोस्, त्यसमा ख्याल गर्नै पर्छ। गर्न सकिएन भने राम्रा व्यवस्था पनि एउटा सन्दर्भमा राम्रो हुँदो रहेछ, अर्को ठाउँमा त्यो पुरानो भइसक्दो रहेछ। यस्ता कुराहरू रिभ्यु गर्न हामी तयार छौं, गर्नै पर्छ। 

नेपाली कम्युनिस्ट पार्टीमा यस्ता बहसहरू होलान् ? 

यहाँ हुन्छ, गर्नै पर्छ।

यत्रो कुरा गर्दाखेरि पनि अझै पनि पार्टीमा धेरै युवाहरू छन्। जेनेरेसन शिफ्टको लागि अहिले नै किन डिसिजन नगर्ने? शीर्ष नेतृत्व कार्यकारी पदमा नबसे पनि उनीहरूको त ओज छ त! गणेशमान, मन्डेलाको उदाहरण पनि छन्। तर किन नेताहरूलाई अन्तिम मिनेटसम्म त्यो संयोजक चाहिने, सहसंयोजक चाहिने? अध्यक्ष भने पनि संयोजक एउटै कुरा होइन र खासमा?

एउटै त होइन। अधिकार, संयोजन, कोअर्डिनेटर र अध्यक्ष (पूर्ण कार्यकारी) भने फरक चिजै हो, एक। दोस्रो कुरा फेरि एकता/ध्रुवीकरणको क्रममा स्वाभाविक रूपले स्थापित र भइराखेका नेताहरूले नै मिलाउँदै, बहस गर्दै एकठाउँमा पुर्‍याउने हो ।

हामी महाधिवेशनसम्म नयाँ ढङ्गले सोचौं त भनिसकेका छौं। हाम्रो संयोजक/सहसंयोजकले हामी यही रूपमा बस्दैनौं, नेतृत्व हस्तान्तरण गर्छौं, हामी नयाँ भूमिकामा जान्छौं भन्ने कुरा गरिसकेपछि फेरि के हो भने दिनदिनै घोच्नु तपाईंहरूले पनि राम्रो होइन।

अरू छोड्दैनौं, ‘कुर्सीसँगै म आर्यघाट जान्छु’ भन्ने साथीलाई अलि बढी प्रश्न गर्नु न त! प्रचण्ड कमरेड, माधव कमरेडले हामी छोड्छौं, एउटा नयाँ भूमिकामा जान्छौं। विस्तारै हामी महाधिवेशनसम्म बहस गरेर भन्दा चाहिं आजै भोलि/अहिले भन्ने त्यो राम्रो होइन नि त! 

माओवाद चाहिं अब सधैंलाई बिसाउनुभयो ? 

महाधिवेशनमा बहस गर्न पाइन्छ । वैचारिक-राजनीतिक मतभेदहरू छन् भने छलफल गर्छौं भनेको छ । माओवाद एउटा बहसको विषय हुन सक्छ। थुप्रै विषय हुन सक्छन्, जो महाधिवेशनसम्म हामी बहस गरेर सकारात्मक रूपले जान्छौं।

देशमा अहिले पनि ४२ प्रतिशतभन्दा बढी युवा छन्। तपाईंहरूको केन्द्रीय कमिटीमा कति प्रतिबिम्बित होलान् त अब?

हामी राख्छौं। जेनरल युवामा त्यति पनि हैन कि जेनजी नवयुवालाई पनि प्रतिनिधित्व गराउने गरी विधानको व्यवस्था गरेका छौं। हामी त्यो गर्छौं।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More