― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsविपद् व्यवस्थापन प्रमुखको दाबी- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो

विपद् व्यवस्थापन प्रमुखको दाबी- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो



३१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताएका छन् ।

शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८:१५ बजे महानगरको दमकल पुगेर आगो निभाउने प्रयास गरेको बताएका हुन् । सिंहदरबारमा लागेको आगो निभाउन दमकल पठाउन गरिएका धेरै प्रयासहरू भीडका कारण असफल भएको उनको भनाइ छ । 

सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८:१५ बजे पुगेको थियो । दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएको पनि हो । यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ सकेका छौं,’ उनले भने, ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कता-कता पुर्‍याउने ?’





Read More