― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsविपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन

विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन


राष्ट्रिय

समाचार.

  • मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गर्दै विपद् उद्दारमा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित निवृत्तिभरण दिने व्यवस्था सुरु गरेको छ।
  • यसअघि नियमावलीको नियम ७६ को उपनियम २ मा मुठभेड वा आक्रमणमा मृत्यु भएमा मात्र सुविधा दिने उल्लेख थियो।
  • अब विपद्मा खटिएका बेला मृत्यु भए पनि परिवारले बढुवासहित निवृत्तिभरण पाउने भएका छन्।

४ मंसिर, काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।

यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन्।

यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो।

अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए पनि बढुवासहित निवृत्तीभरण पाउने भएका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More