― Advertisement ―

HomeLatest newsविधान विपरीत कार्य गर्ने एनजीओमाथि काठमाडौं प्रशासनले थाल्यो छानबिन

विधान विपरीत कार्य गर्ने एनजीओमाथि काठमाडौं प्रशासनले थाल्यो छानबिन


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने केही गैर सरकारी संघसंस्थामाथि छानबिन थालेको छ।
  • छानबिनका लागि प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
  • आर्थिक अनियमितता भेटिएमा संस्थाको नविकरण रोकिने र कार्यसमिति भंग गरेर नयाँ गठन गरिनेछ।

१० मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही गैर सरकारी संघसंस्थाहरूले विधान विपरीत गतिविधि गरेको, कार्यसमितिले मनोमानी ढंगले काम गरेको र आर्थिक अनियमितता समेत हुने गरेको गुनासो आएको भन्दै छानबिन थालिएको जनाएको हो ।

छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ तीन सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले दर्ता भएका संस्थाका विवादित विषयमा प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले अनलाइनखबरलाई जानकारी दिए ।

छानबिनका क्रममा कैफियत देखिएका संस्थाको नविकरण रोकिने उनले बताए ।

‘गैर सरकारी संस्थाहरूका बारेमा गुनासो र उजुरीहरू आएको छ, छानबिन समितिले प्रतिवेदन बुझाएपछि निर्णय लिन्छौं,’ उनले भने ।

छानबिनमा कुनै गैर सरकारी संस्थामा आर्थिक अनियमिता भएको पाइए असुल उपर गरिने बताउँदै उनले त्यस्ता संस्थाका कार्यसमिति नै भंग गरेर नयाँ गठन गर्न लगाइने बताए ।

 अन्य संस्थाहरूका हकमा भने नियमित संस्था दर्ता, नविकरण जस्ता कार्य सुचारु रहने उनले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More