― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsविद्युतीय भोटिङमा कति समय लाग्ला ? – KhabarHost

विद्युतीय भोटिङमा कति समय लाग्ला ? – KhabarHost



नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि विद्युतीय  मेसिन गरिँदैछ । नेपालमा आवधिक निर्वाचनमा अहिलेसम्म विद्युतीय मेसिनबाट मतदान नगराइएको भएपनि दलगत र संस्थागत निर्वाचनमा भने यसको प्रयोग बढ्दै गएको छ । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान कार्य सकिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । मतदानका लागि मंगलबार साँझ ७ बजेदेखि राति १ बजेसम्मको समय निर्धारण गरिएको छ । एमाले महाधिवेशनमा प्रयोग हुन लागेको विद्युतीय मतदानको प्रक्रिया, समय, मतगणना, सुरक्षा लगायतका विषयमा उक्त मेसिन निर्माता कम्पनीका सञ्चालक एवं प्राविधिक लक्ष्मण रिमालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले संक्षिप्त कुराकानी गरेका छन् ।  प्रस्तुत छ, रिमालसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमालेको एघारौं महाधिवेशनमा तपाईंहरूको कम्पनीले तयार पारेको विद्युतीय मेसिनबाट मतदान हुँदैछ । यसको यो प्राविधिक काम कहाँ पुग्यो ? के हुँदैछ ?

हामीले अहिले प्राविधिकि रूपले मेसिन जडान गर्ने काम सबै सकायौं । हरेक मतदाताको फोटोहरू मिलाउने र मेसिनमा हाल्ने काम गरिसकेका थियौं । अहिले उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि अलिकति थोरै परिवर्तन गर्नुपर्ने भएका कारणले हामीले त्यसलाई संशोधन गर्दैछौं । मेसिन चाहिँ एकदम तयारी हालतमा छ । हामी चुनाव गर्नलाई तयारी अवस्थामा छौ ।

खासमा आज १२ बजे नै बाट सुरु गर्ने भनिको मतदान सर्दैसर्दै आइरहेको छ, के कारणले लम्बियो ?

अलिकति लम्बिएकै हो । अब यो के थियो भने, हामीले सुरुमा सम्झौता गर्दा नै मतदाताको फोटोहरू लिने, त्यसपछि फोटोको कोडिङ गर्ने, मेसिनमा राख्ने र १० वटा मेसिनमा मध्ये ८० वटा मेसिनमा त्यो डिप्लोय गर्ने त्यसमा इन्स्टल गर्ने भनिएको थियो  ।

त्यो सबै गर्न अलिसमय लाग्थ्यो । हामीले हिजो राति मात्रै मतदाताको सूची लगायतका विवरण राति १ बजे पायौं, त्यो पाएपछि हामीले आज ४ बजेपछि भनेर हामीले एकदम तयारी हालतमा अल्मोस्ट सबै कुराहरू सकिसकेको थियौं ।

अब अहिले यो ढिला हुनुको कारण के हो भने, जुन उहाँहरूले प्रारम्भिक नामावली र अन्तिम नामावलीमा जुन एउटा क्लस्टर बनाउनुभएको थियो, त्यसको सर्टिङमा केहि कुरा प्राविधिक रूपमा उहाँहरूबाट बिग्रेछ, निर्वाचन आयोगबाट । त्यसकारणले गर्दा उहाँहरूले पुन: अद्यावधिक गराएर भर्खर हामीलाई दिनुभयो लिस्ट । अब हामीलाई चार पाँच घण्टाको समय फेरी त्यही काम दोहोर्‍याउनुपर्‍यो । त्यसको कोडिङ देखि लिएर सबै कुराहरू सुरुदेखि गर्नु पर्यो । भनेको मतलब कोडिङ नै सुरु देखि गर्नु पर्यो । त्यसकारणले गर्दा अलिकति अलिकति समय लाग्ने छ त्यो भएपछि आज बेलुका नै हामी सुरु गर्न सकिहाल्छौं ।

तपाईंले भने अनुसार नै हिसाब गर्ने हो भने साढे सात/आठ बजे बाट मतदान सुरु हुन्छ  ?

अब त्यही हाराहारी अब अहिलेको माहोलमा चल्दा साढे सात/आठ बजे तिर सुरु गर्न सक्छौं ।

मतदानका लागि बुथमा कति वटा मेसिन राख्नुभएको छ ?

यो बुथमा अहिले हामीले ८० वटा मेसिन प्रयोग गरेका छौं । एकपटकमा ८० जना मतदाता आए भोट गर्न सक्नु हुन्छ । एकैपटकमा सबै ८० जनाले सक्नेगरी टाइम राखेका छौं । छिटो मतदान गराउन बाहिर हामीले प्रशिक्षणका लागि पनि मेसिन राखेका छौं । भइपरिआउने संकट टार्न ब्याकअपको लागि मेसिनहरू तयार पारेका छौं । यो सबै कुराहरू, ब्याट्री ब्याकअप देखि हरेक कुराहरू प्लान मिलाएर सबै सेटअपको कुराहरू सकाइ सकेका छौं ।

मेसिनबाट मत हाल्नको लागि कति समय जति लाग्छ ?

सम्झौताको बखतमा हामीले २५० को हाराहारी उम्मेदवार हुन्छन् भन्ने सोचेको थियौं । त्यही अनुसारले सम्झौता भएको थियो तर अहिले बढेको छ ।

त्यो बढेको आधारमा अहिले ३५ देखि ४० मिनेट सम्म लाग्न सक्छ कि । र चाँडै सकाउनेले, छिटो गर्नेले २५ मिनेट जतिमा सक्नुहुन्छ । एक मतदाता बराबर हामीले औसतमा ३०/३२ मिनेटदेखि ३५ मिनेट समय अनुमान गर्नुपर्छ जस्तो लाग्छ, धेरै ठुलो छ मतपत्र ।

अब आज राति नै मतदान हुने भयो, अब कति घण्टा सम्ममा मतदान सकिन्छ अनि मतगणना कति बेलाबाट सुरु होला ?

अहिलेको आँकलनमा जस्तो अब एक्चुअल मतदाताले कति समय लिनुहुन्छ, त्यसको चाहिँ नि त्यो अकुपेन्सी कति हुन्छ, त्यसमा त भर पर्छ ।

तर अहिले हामी सौहार्द रूपमा जाँदा खेरि चाहिँ १२/१३ घण्टा हामीलाई चुनाव गर्न लाग्छ जस्तो लाग्छ । भोटिङ गर्न त्यति समय लाग्ने अवस्था हुन्छ ।

अनि त्यो भइसकेपछि मतगणनाको लागि एकदम सजिलो हुन्छ । काउन्टिङ (मतगणना) लाई धेरै समय लाग्दैन । हामी तिन देखि चार घण्टामा हामी पूरै मतगणना सक्छौं ।

भोलि बेलुकासम्म मतदानको नतिजा आउँछ ?

भोलि दिउँसै आउन सक्छ । जहाँ सम्म लाग्छ किनभने भोलि बेलुका सम्म पुग्दैन मतगणना चैं ।

मतदाताहरूले जान्नु पर्ने प्राविधिक कुराहरू केही छ ? केही सुझाव भए भनिदिनुस् 

हाम्रो मेसिन धेरै पटक प्रयोग पनि भइसकेको छ । हामीले २५० भन्दा बढी पटक विभिन्न चरणका चुनावहरूमा हामीले यी मेसिन प्रयोग गरिसकेका छौं । मेसिन एकदमै सजिलो बनाएका छौं । तस्वीर आउँछ, त्यसमा नाम पनि आउँछ । तस्वीरमा औंलाले छुने हो । हामीले जसरी मोबाइल चलाउँछौं त्यसैगरी औलाले टच गर्ने हो । टच गरिसकेपछि त्यहाँ स्वस्तिक छाप लागेको देखिन्छ ।

हामीले मतदानका लागि ट्युटोरियल भिडियो पनि बनाएका छौं, त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ । सँगसँगै हामीले यहाँ नमूना मतदान भनेर एउटा बुथ बनाएका थियौं । बुथ बनाएर तीन दिन सम्म यहाँ प्रशिक्षण चलायौं ।

धेरै मान्छेहरूले त्यहाँ प्रशिक्षण लिनुभयो । सँगसँगै आजै पनि हामीले बुथ गेटमै राखेका छौं । मतदान हुँदै गर्दा पनि बाहिर हामीले गेटमा आवश्यक मात्रामा पर्याप्त मेसिनहरू नमूनामा राख्दिन्छौं । त्रुटि नहोस् भनेर एकपटक नमूनामा परीक्षण मतदान नगरिकन भित्र नपठाउने नीति लिएका छौं ।

मतदान गर्दा खेरि धेरै छाप पनि लाउन पाउनुहुन्न र थोरै पनि लाउन पाउनुहुन्न । यसमा एकदम अहिले गजबको कुरा गरिएको छ, यसमा जस्तो एक जनालाई तीन जना छान्नु भनेको छ भने, दुई जनालाई मात्र छाप लगाइएको छ भने अघि बढ्नै मिल्दैन, तीन जना भन्दा चार जनालाई छाप लगाउन पनि दिँदैन ।

जति मत लगाउनु हुन्छ मतदाताहरूले एकदम त्यो सुरक्षित हुन्छ । पूर्ण विश्वासका साथ त्यो मत जान्छ । यसले मत बदर पनि नहुने भयो । यसमा बदरको सम्भावना नै छैन कुनै पनि ।





Read More