― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
HomeLatest newsविद्याको सदस्यताबारे ओलीको उही कुरा- छलफल गरौं, अहिले निर्णय हुन्नँ

विद्याको सदस्यताबारे ओलीको उही कुरा- छलफल गरौं, अहिले निर्णय हुन्नँ



१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे अझै छलफल गर्नुपर्ने बताएका छन् ।

ओलीकै निवास गुन्डुमा आज बसेको सचिवालय बैठकमा भण्डारीको सदस्यताबारे नेताहरुले कुरा उठाएका थिए । ‘ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरूले विद्या भण्डारीको सदस्यताबारे कुरा उठाउनुभयो,’ बैठक स्रोत भन्छ, ‘तर आज पनि कुनै निर्णय हुन सकेन ।’

असोज अन्तिम साता जावलामा बसेको केन्द्रीय कमिटी बैठक समापन गर्दा ओलीले सचिवालयबाट विद्या भण्डारीको सदस्यताबारे निर्णय हुने आश्वासन दिलाएका थिए । भण्डारीसँग आफैं पनि कुरा गर्ने र आवश्यक निर्णय लिने जानकारी केन्द्रीय कमिटी बैठकलाई ओलीले दिएका थिए ।

ठूलै संख्याका केन्द्रीय सदस्यहरूले विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय उल्ट्याउन माग राखेका थिए । यसबारे निर्णय नभए फरक मत राख्ने नेताहरूको तयारी थियो ।

तर, आजको सचिवालय बैठकमा पनि ओली विद्याको सदस्यताबारे निर्णय लिन तयार भएनन् । ‘अष्टलक्ष्मी शाक्यले समेत आजको बैठकमा के गर्ने हो टुंग्याऔं, धेरै कुरा उठ्यो भन्नुभयो,’ स्रोत भन्छ, ‘अरु ५ जना पदाधिकारीको जोड सदस्यता नवीकरण नगर्ने निर्णय उल्ट्याउनुपर्नेमै थियो ।’

ओलीले भने हुन्छ अथवा हुन्न केही पनि भनेनन् । ‘कुराकानी गर्नुपर्छ । अहिले यहाँ नगरौं,’ ओलीले भने । विद्या भण्डारीको सदस्यताबारे उठेका आवाजलाई पन्छाएका ओलीले पोखरामा तोकिएको एघारौं महाधिवेशन काठमाडौं सार्ने प्रस्ताव राखेका थिए ।





Read More