― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsवर्षा राउतले साइन गरिन् हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’

वर्षा राउतले साइन गरिन् हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’


राष्ट्रिय

समाचार.

  • अभिनेत्री वर्षा राउतले हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’ मा शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी छन्।
  • फिल्म सामाजिक कथावस्तुमा आधारित छ र उत्तरी सिक्किमको लाचुङमा छायांकन हुनेछ।
  • निर्देशक अर्नब पलले प्रणालीगत भ्रष्टाचार र न्यायका लागि महिला पात्रको संघर्ष चित्रण गर्ने बताए।

काठमाडौं । अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यू गर्ने भएकी छन् । हिन्दी भाषाको फिल्म ‘रिमझिम गिरे सावन’ मा उनी शीर्ष भूमिकाको लागि अनुबन्धित भएको जनाइएको छ ।

अर्नब पलले निर्देशन गर्ने यो फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ । उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागको सेटिङमा फिल्म बन्न लागेको हो ।

त्यहाँको नेपालीभाषी समुदायको परिवेश समेटिएको यस फिल्मले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’ को कथा पेश गर्छ

प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिला पात्रले गर्ने भावनात्मक र साहसी संघर्षलाई फिल्मले चित्रण गर्ने निर्देशक पलले बताए । निर्देशक पल बंगाली भाषाको क्षेत्रीय फिल्ममा सक्रिय छन् ।

यसअघि क्राइम थ्रिलर ‘तान्त्रिक’ र ’मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेका फिल्म निर्देशन गरिसकेका पलले ‘वृष्टि तोमाके दिलाम’ बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेका छन् ।

उक्त फिल्ममा भारतीय कलाकारहरू सुव्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्माको पनि अभिनय हुने जनाइएको छ ।

फिल्म साइन गरेपछि वर्षाले भनिन्, “मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले भरिएको कठिन भूगोलमा छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो ।’

भारतमा ख्याति कमाएको टिमको फिल्म र बलिउड कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको उनले बताइन् । पटकथा राकेशकुमार त्रिपाठीले तयार पारेका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More