― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsवर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन : ओली – KhabarHost

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन : ओली – KhabarHost



६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’

अदालतमा गएर यो कामको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ छ ।

उनले एमाले देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको दाबी समेत गरे ।

‘यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो । यो पार्टी देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको पार्टी हो,’ ओलीले भने, ‘जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित भएको हो । सुशासनयुक्त, शान्तियुक्त समाज स्थापनार्थका लागि बनेको पार्टी हो । देशलाई समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यमा पुर्‍याउन बनेको हो ।’

एमाले भन्ने पार्टी देशमा छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

‘यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ । तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा कुनै गडबडी मच्चाएर एकछिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौं,’ ओलीले जिकिर गरेका छन् ।

मिचिएको संविधानलाई नमिचिने अवस्थामा फेरि फर्काएर ल्याउने ओलीको उद्घोष थियो ।

‘अराजकताको राज लामो समय जान सक्दैन । नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्छ । नेकपा एमाले जनतासँगै छ, जनताको अघि लागेर राष्ट्रिय, सुशासन ल्याएर देशमा शान्ति ल्याउँछ,’ ओलीको भनाइ छ ।

वर्तमान सरकार संविधान मिचेर बनेको उनको आरोप छ । ‘लोकतान्त्रिक विधि, प्रक्रिया त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक, कृतिम ढंगले लोकतन्त्रका विरुद्धमा खडा गरिएको हिंसा, आगजनी, तोडफोडबाट बनाइएको भनेर सबै जनतालाई थाहा छ,’ ओलीले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More