― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsलुम्बिनी विकास कोषको सदस्य-सचिवलाई प्रधानमन्त्री निर्देशन- धर्मको हेक्का राखी काम गर्नू

लुम्बिनी विकास कोषको सदस्य-सचिवलाई प्रधानमन्त्री निर्देशन- धर्मको हेक्का राखी काम गर्नू



१६ मंसिर, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ ।

मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छिन् ।

‘तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) धार्मिक संस्था हो, धर्मको हेक्का राखेर काम गर्नुहोला । तपाईंको अहिलेको कामले भविष्यमा तपाईंका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून्,’

सदस्य–सचिव श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिनेगरी इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोरखाको सहिद लखन गाउँपालिका–६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव  संगालेका छन् ।

मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् । केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । स्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

अख्तियारमा उनले आठ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरेका थिए । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेको थियो ।

इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूलाई २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको श्रेष्ठले बताए ।

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किए । पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए । ‘हामी केवल जागिर मात्र खाने होइन, जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More