― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
Homeलिभरपुलमाथि युनाइटेडको जित – KhabarHost

लिभरपुलमाथि युनाइटेडको जित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलको घरेलु मैदान एनफिल्डमा २-१ ले जित हासिल गरेको छ।
  • युनाइटेडका ब्रयान एमबेउमो र ह्‍यारी मागुएरले एक-एक गोल गरे भने लिभरपुलका कोडी गाक्पोले एक गोल फर्काए।
  • जितसँगै युनाइटेडले ८ खेलमा १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने लिभरपुल १५ अंकसहित चौथो स्थानमा छ।

३ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि जित हासिल गरेको छ ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो ।

युनाइटेडको जितमा ब्रयान एमबेउमो र ह्‍यारी मागुएरले १-१ गोल गरे । लिभरपुलका कोडी गाक्पोले एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमै अमादको पासमा एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७८औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।

तर ८४औं मिनेटमा मागुएरले युनाइटेडका लागि विजयी गोल गरे ।

जितसँगै ८ खेलमा १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल १५ अंकका साथ चौथोमा छ ।





Read More