― Advertisement ―

जहाँबाट पनि मर्डर लाइन अनलाइन कसरी हेर्ने – यो *नि:शुल्क* छ

द मर्डर लाइन (उत्तर अमेरिकामा द बोर्डरलाइन भनेर पनि चिनिन्छ) अन्ततः बेलायतका दर्शकहरूका लागि उपलब्ध छ। यो छ-एपिसोड सीमित अपराध नाटक क्यानाडाको हजार टापु...
HomeLatest newsलिग २ क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा – KhabarHost

लिग २ क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल क्रिकेट संघले आईसीसी विश्व क्रिकेट लिग २ का लागि नेपाली टोली घोषणा गरेको छ।
  • शृंखला २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ र नेपालले अमेरिकासँग पहिलो खेल खेल्नेछ।
  • टी-२० विश्वकप छनोटबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन् भने भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन्।

१ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने ओडिआई शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गरेर लिग २ का लागि नेपाली टोली घोषणा गरेको हो । शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ ।

भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट खेलेको टोलीबाट सन्दीप जोरा,  लोकेश बम र आदिल आलम बाहिरिएका छन् । भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन् ।

लिग २ शृंखलाका लागि नेपाली टोली युएई पुगिसकेको छ ।

नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More