― Advertisement ―

HomeLatest newsला लिगामा शीर्षस्थानको बार्सिलोना सोसिडाडसँग पराजित

ला लिगामा शीर्षस्थानको बार्सिलोना सोसिडाडसँग पराजित


राष्ट्रिय

समाचार.

  • स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोना रियल सोसिडाडसँग २-१ गोलअन्तरले पराजित भएको छ।
  • मिकेल ओयरजाबाल र गोन्जालो गुएडेसले सोसिडाडका लागि एक-एक गोल गरे भने मार्कस रासफोर्डले बार्सिलोनाका लागि गोल फर्काए।
  • बार्सिलोनाको २० खेलबाट ४९ अंक छ भने सोसिडाड २४ अंकसहित आठौं स्थानमा उक्लिएको छ।

५ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई रियल सोसिडाडले २-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सोसिडाडको जितमा मिकेल ओयरजाबाल र गोन्जालो गुएडेसले एक-एक गोल गरे । बार्सिलोनाका लागि मार्कस रासफोर्डले एक गोल फर्काए ।

खेलको ३२औं मिनेटमा ओयरजाबालले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले अगाडि रहेको सोसिडाडले दोस्रो हाफमा गोल बेहोरेपनि अर्को गोल थप्‍यो ।

७०औं मिनेटमा रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेटमै गुएडेसले सोसिडाडका लागि गोल गरे र सोसिडाड २-१ ले विजयी भयो ।

८८औं मिनेटमा कार्लोस सोलरले रातो कार्ड पाएर १० खेलाडीमा सीमित भएपनि सोसिडाडले सम्हालिएर खेल्दै गोल बेहोरेन ।

यस हारले बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंकदूरी बढाउने अवसर गुमाएको छ । बार्सिलोनाको २० खेलबाट ४९ अंक छ । दोस्रो स्थानको रियलको ४८ अंक छ ।

जित निकालेको सोसिडाड २४ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।





Read More