― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsलमजुङमा गमप्रसाद गुरुङलाई बनायो कांग्रेसले उम्मेदवार

लमजुङमा गमप्रसाद गुरुङलाई बनायो कांग्रेसले उम्मेदवार



५ माघ, पोखरा । नेपाली कांग्रेसले लमजुङमा गमप्रसाद गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । लमजुङमा कांग्रेसको राजनीतिसँगै गाउँमा फर्किएर कृषि र जडिबुटी खेती गरिरहेका गमप्रसादलाई कांग्रेसले यसपटक टिकट दिएको हो ।

उनी नेपाली कांग्रेसको जिल्ला सभापतिमा डा. टकराज गुरुङसँग पराजित भएका थिए । टकराज अहिले गण्डकी प्रदेशको अर्थमन्त्री छन् । त्योभन्दा अघि उनी केन्द्रीय सदस्यमा उठेका थिए । कांग्रेसमा अहिले जिल्ला सदस्यमात्र रहेका उनी इमान्दार र स्वच्छ छविका नेता मानिन्छन् ।

कांग्रेसमा गगन थापा पक्षधर नेता गमप्रसादलाई एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धामा उतारेको छ । नेकपाबाट हरिजङ तामाङ उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी उम्मेदवार छन् ।

तत्कालीनजिल्ला विकास समिति सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । तितेपातीलगायत गाउँका जडिबुढी विदेश निर्यात गरेर सिर्जनाशीलता देखाएका गमप्रसादलाई लमजुङमा कांग्रेसले बलियो उम्मेदवारका रुपमा हेरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More