― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsलगातार तीन हारपछि लय समात्दै लुम्बिनी – KhabarHost

लगातार तीन हारपछि लय समात्दै लुम्बिनी – KhabarHost


बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध स्टेटमेन्ट जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ ।

राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले विराटनगर किङ्सविरुद्धको छैटौं खेलमा १४४ रनको लक्ष्य सहजै पूरा गर्दै तेस्रो जित हासिल गरेको छ।
  • दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीको आगमनपछि विराटनगरको टप अर्डर बलियो भए पनि लुम्बिनीले सफलतापूर्वक रोक्न सफल भएको छ।
  • लुम्बिनीले ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ र प्लेअफको सम्भावना कायम राख्न अन्तिम खेलमा ठूलो अन्तरले जित आवश्यक छ।

१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सलाई हराएको थियो । गत संस्करण सबैभन्दा खराब नतिजासहित पुछारमा रहेर बाहिरिएको लुम्बिनीले यस संस्करणको सुरुवाती खेल नै जितेर राम्रो संकेत दिएको थियो ।

तर दोस्रो खेलमै लुम्बिनीलाई ठूलो झट्का लाग्यो । कर्णाली याक्ससँगको खेलमा लुम्बिनीले एकपक्षीय हार बेहोर्‍यो । मार्क वाटले शानदार शतक बनाउँदा लुम्बिनी निरीह बनेको थियो र नेट रनरेटमै पनि ठूलो धक्का पुग्नेगरी पराजित भएको थियो ।

त्यस हारले लुम्बिनीको मोमेन्टम पनि बिगारिदियो । त्यसपछि लुम्बिनीले लगातार दुई हार बेहोर्‍यो । टिम सन्तुलित देखिएपनि तालमेल नमिल्दा लुम्बिनीले लगातार तेस्रो हार बेहोरेपछि प्लेअफ सम्भावना कमजोर हुन थाल्यो ।

पाँचौं खेलमा लुम्बिनीले विदेशी खेलाडी थप्नुका साथै टिममा पनि केही परिवर्तन गर्‍यो र पोखरा एभेन्जर्सलाई पराजित गर्‍यो जहाँबाट कम्ब्याकको लक्षण देखिएको थियो । त्यसपछि बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध स्टेटमेन्ट जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ ।

दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसीको आगमनपछि विराटनगरको टप अर्डर थप बलियो हुने आँकलन गरिएपनि लुम्बिनीसामू टप अर्डर चल्न सकेनन् । फलस्वरुप लुम्बिनीले विराटनगरलाई मध्यम योगफलमा रोकेर लक्ष्य पनि सहजै पूरा गर्दै तेस्रो जित हासिल गर्‍यो ।

विराटनगरविरुद्ध प्रभावशाली जित

बुधबारको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । विराटनगरले पहिले ब्याटिङ गर्दा आजको खेलमा ओपनिङ जोडी परिवर्तन गरेको थियो ।

दक्षिण अफ्रिकी स्टार फाफ डुप्लेसीको आगमनपछि उनलाई जर्ज मन्सेसँग ओपनिङमा पठाइयो । यद्यपी ओपनिङ राम्रो भने हुन सकेन । मन्से शून्यमै आउट भए भने डुप्लेसी पनि २ चौकासहित १२ रन मात्र बनाएर आउट भए ।

त्यसपछि क्रिजमा रहेका लोकेश बम र अस्ट्रेलियन ब्याटर साम हिजलेटले संयमित ब्याटिङ गर्दै ५५ रनको साझेदारी बनाए । लोकेश ४२ बलमा ३५ रन बनाएर आउट भए भने हिजलेट २० बलमा २७ रन बनाएर आउट भए । त्यसपछि बसिर अहमदले १९ बलमा २८ रन बनाउनुबाहेक गतिलो फिनिसिङ हुन सकेन । विराटनगरले १४४ रनको योगफल खडा गर्‍यो ।

लोकेश बमले खेलपछि आफ्नो ब्याटिङबाट खुसी नभएको प्रतिक्रिया दिएका थिए । ‘मैले राम्रो कन्भर्ट गर्न सकिनँ, अलि लामो खेल्नुपर्ने तर भएन’ उनले भने, ‘म खुसी छैन आफ्नो प्रदर्शनबाट, आउने खेलहरूमा राम्रो गर्ने प्रयास गर्नेछु।’

उनले टप अर्डरबाट राम्रो प्रदर्शन नभएको र २०-३० रन कम भएको उल्लेख गरे ।

लुम्बिनीका लागि शेर मल्लले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । त्यसमा ‌ओपनर मन्सेसँगै साम हिजलेट र नारायण जोशीको विकेट सामेल थियो । उनी प्लेयर अफ द म्याच समेत बने । अभिशेष गौतमले फाफ डुप्लेसीलाई स्टम्प आउट भएका थिए ।

जवाफमा लुम्बिनीले सुरुवातदेखि नै संयमित ब्याटिङ गरिरहेको थियो । सुमित महर्जन १० रनमै आउट भएका थिए भने वान डाउनमा आएका कप्तान रोहित पौडेल शून्यमै आउट भए ।

अर्का ओपनर डार्शी शर्टले भने सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेका थिए । उनले म्याच विनिङ अर्धशतक बनाए । ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाए। अन्य खेलमा राम्रो सुरुवात पाएर पनि ठूलो बनाउन नसकेका शर्टले आज पनि धैयर्तापूर्ण ब्याटिङ गरेका थिए ।

यस्तै अघिल्लो खेलमा पनि क्यामिओ पारी खेलेका श्रीलंकन निरोशन डिक्‍वेलाले आज पनि अविजित २९ रन बनाए । सन्दीप जोराले २५ रन बनाए । लुम्बिनीले १४ बल अगावै लक्ष्य पूरा गर्‍यो ।

जितपछि लुम्बिनीका खेलाडी सन्दीप जोराले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ भएकाले जित सम्भव भएको बताए । ‘सबै खेलाडीबाट योगदान भइरहेको छ, डिक्‍वेलाको आगमनले मिडल अर्डर ब्याटिङ पनि सन्तुलित भएको छ’ उनले भने ।

अर्धशतक बनाएपछि शर्ट

फाफको आगमनले उत्साह

दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेदेखि नै विराटनगर चर्चामा थियो । उनी दुबईमा टी-१० लिग खेलेकाले सुरुवाती ५ खेलमा विराटनगरका लागि उपलब्ध थिएनन् ।

सोमबार नेपाल आइपुगेका डुप्लेसीले मंगलबार टिमसँग अभ्यास गरेर बुधबारको खेलमा खेलेका थिए । यद्यपी उनको ब्याट भने चल्न सकेन । ९ बलमा १२ रन मात्र बनाउन सके। फिल्डिङमा भने एक उत्कृष्ट क्याच लिएका थिए ।

लोकेशले फाफको आगमनले टिममा नयाँ ऊर्जा थपिएको बताए । ‘धेरै फरक त थिएन, खेलाडीहरू उत्साहित थिए । उनलाई सधैं टिभीमा मात्र देखेको थियौं, सँगै खेल्न पाउँदा धेरै खुसी लाग्यो’ उनले भने, ‘यो सबैको लागि सपनाजस्तै थियो, जित हार आफ्नो ठाउँमा छ तर उनको आगमनले ड्रेसिङ रूपमा सबै खुसी र उत्साहित छन्।’

‘उनीहरूलाई हेरेर नै सिक्न पाइने हो, उनीहरूले कसरी खेलिरहेको छ, कसरी खेल चलाइरहेको छ त्यो हेरेर नै सिक्ने हो’ उनले थपे ।

रोहित पौडेलको क्याच लिएपछि फाफ डुप्लेसी

लोकेशले आफ्ना लागि भने मार्टिन गप्टिल अझ ठूलो खेलाडी भएको समेत बताए । ‘मैले चाहिँ सानैदेखि उनलाई हेर्दै र आइडल मान्दै खेल्न सुरु गरेको हो, विराटनगरको अफिसियललाई पनि धन्यवाद दिनुपर्छ यो वातावरण बनाइदिनुभएकोमा’ लोकेशले भने ।

जोराले पनि फाफ विश्वस्तरीय खेलाडी भएको बताउँदै उनको फ्यान भएपनि आजको खेलमा भने विपक्षीकै रूपमा हेरेको बताए । ‘खुसी त लाग्छ, फ्यान भएपनि आज ओपोजिसनकै रूपमा हेरेका थियौं’ उनले भने ।

प्लेअफको सम्भावना

आजको जितपछि लुम्बिनी ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । विराटनगरको पनि ६ खेलमा ८ अंक छ । लुम्बिनीले अब जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ ।

लुम्बिनीले प्लेअफ पुग्न आफ्नो अन्तिम लिग खेलमा जनकपुरलाई हराउनुपर्नेछ भने पोखरा एभेन्जर्स र चितवन राइनोजले बाँकी एक-एक खेल हार्नुपर्नेछ । अब पोखरा र चितवन एक आपसमा खेल्न बाँकी रहेकोले यदी कुनै एक टिमले दुवै खेल जितेमा र लुम्बिनीले पनि अन्तिम खेल जितेमा ८ अंक पुग्नेछ यस्तोमा नेटरनरेट निर्णायक हुनेछ ।

बिहीबार चितवनले सुदुरपश्चिमसँग र पोखराले काठमान्डु गोर्खाजसँग खेल्दैछ । यदि चितवन र पोखरा पराजित भएमा लुम्बिनीले शुक्रबार जनकपुरलाई हराएर ८ अंकसहित प्लेअफमा छनोट हुनेछ ।

विराटनगरले भने टेबल टपर सुदूरपश्चिमसँग खेल्न बाँकी छ । उक्त खेल जिते स्वत: प्लेअफमा पुग्नेछ । पराजित भएपनि विराटनगर छनोट हुने समीकरण बन्न सक्छ ।

जोराले अन्तिम खेलमा पनि जित निकालेर समीकरणको बारेमा बल्ल ध्यान दिने बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More